पछिल्ला केही वर्षको अन्तरालमा मोबाइलले यति धेरै फड्को मारिसकेको छ कि योबिना कोही पनि एक कदम अघि बढ्न नसक्ने भएका छन्- ग्याजेट्स नेपालका प्रबन्ध निर्देशक दिपक भुजेल बताउँछन् । नेपालमा अहिले करिब २ दर्जनभन्दा बढी ब्रान्डका फोन बिक्री भैरहेका छन् । त्यसमध्ये सहुलियत मूल्यका बर्ड, किभी, रेज, कार्बन, एमटेक, भिडियोकोन, पानासोनिक, बिक्यू, कलर्स, माइक्रोम्याक्स ब्रान्ड आदि लोकप्रिय छन् ।
त्यसो त ब्रान्डहरूबीचको आक्रामक बजार प्रतिस्पर्धाका कारण कम मूल्यमा धेरै फिचरसहितका फोन भित्र्याउने होडबाजी पनि चलिरहेको छ । नेपालमा भारतीय तथा चिनियाँ ब्रान्डका फोनको आगमनले प्रयोगकर्ताहरूलाई थप राहत मिलेको मोबाइल कम्युनिकेसन टेक्नोलोजीका अध्यक्ष पुरुषोत्तम बस्नेत बताउँछन् । 'अहिले १ हजार रुपैयाँमै मल्टिमिडियासहितका फोन उपलब्ध हुन्छन्, जसले गर्दा न्यून आय भएकाहरूले समेत सुविधायुक्त फोन प्रयोग गर्न पाएका छन्,' बस्नेतले भने ।
सुलभ मूल्यमा उपलब्ध फोनमध्ये एउटा राम्रो ब्रान्ड हो- रेज । करिब एक वर्षअघि नेपालमा प्रवेश गरेको रेज मोबाइलले अहिले न्यूनतम १२ सय रुपैयाँमा बारफोन उपलब्ध गराइरहेको केन्ट मल्टिट्रेडका निर्देशक दिपेन्द्र पोखरेल बताउँछन् । गुणस्तरीय पार्टपुर्जा, फिचर एवं सर्भिसका कारण रेज मोबाइल उपभोक्ताहरूको रोजाइमा पर्ने पोखरेलको भनाइ छ ।
त्यस्तै २००९ देखि नेपालमा बिक्री थालेको बर्ड मोबाइलले जी ६ र जी १०८ मोडलका फोन १ हजार रुपैयाँमै बिक्री गरिरहेको छ । ती मोबाइलमा मल्टिमिडिया र जिपिआरएस इन्टरनेटसमेत चलाउन सकिने आधिकारिक विक्रेता ग्याजेट्स नेपालका निर्देशक दिपक भुजेलले बताए । मध्यमवर्गलाई लक्षित गरेर सस्तोमा फोनहरू बिक्री गरिरहेको भुजेलको भनाइ छ । 'मध्यमवर्गका नेपालीले पनि सुविधायुक्त फोन प्रयोग गर्न पाउन् भन्ने हेतुले हामीले अरूले भन्दा सस्तोमा राम्रो फोन बिक्री गरिरहेका छौं,' उनले भने । त्यसो त ग्याजेट्सले बर्ड ब्रान्डका ट्याब्लेट १० हजारमै उपलब्ध गराउँछ । नेपालमा करिब ४२ मोडलका फोन बिक्री गरिरहेको बर्डले समग्र बजारको २० प्रतिशत हिस्सा ओगटेको भुजेलको दाबी छ ।
नेपाली बजारमा लोकप्रिय अर्काे फोन एमटेकका सेट पनि १४ सय रुपैयाँमै उपलब्ध हुन्छन् । अहिले ७ मोडलका बारफोन र ११ मोडलका स्मार्टफोन बिक्री गरिरहेको एमटेकको आधिकारिक विक्रेता सिद्धि मोबाइलका बिक्री प्रबन्धक विनायक पोखरेलले बताए । पछिल्लो समय ग्राहकहरू एमटेक मोबाइलतर्फ आकषिर्त हुन थालेको उनको दाबी छ । 'एमटेकप्रति ग्राहकको झुकाव बढ्दो छ,' -पोखरेलले भने ।
सस्तो फोनको सूचीमा पर्न सफल अर्काे फोन हो- कार्बन । कार्बनका बारफोनहरू १ हजार ४ सय ७९ रुपैयाँसम्ममा उपलब्ध हुन्छन् भने स्मार्टफोन ४०१९ रुपैयाँमा प्राप्त गर्न सकिने एलाइड ट्रेडलिंकका बिक्री प्रबन्धक पुष्कल खतिवडाले बताए । एन्ड्रोइड फोनहरूमध्ये गुणस्तरीय पार्टपुर्जासहितको फोन कार्बन नै भएको खतिवडाको दाबी छ । कार्बन मोबाइलले अहिले राजधानीमा तीन दिनभित्र सर्भिस सुविधा दिने व्यवस्था मिलाएको छ । फोनहरूबीच तीव्र प्रतिस्पर्धा हुँदा जनचेतना फैलाउने काम हुन नसकेको खतिवडाको तर्क छ । 'धेरै मेगापिक्सेलको क्यामेरा भएर मात्र हुँदैन, क्यामेरामा कुन कम्पनीको कस्तो लेन्स प्रयोग भएको छ भन्ने कुरा पनि ख्याल गर्नुपर्छ,' खतिवडाले बताए ।
त्यसैगरी फ्लाई तथा विनकम मोबाइल पनि नेपाली बजारका लागि चल्तीका ब्रान्ड हु्न । यो ब्रान्डका मोबाइल पनि सस्तो मूल्यमा उपलब्ध हुन्छन् । यी दुवै मोबाइलका विभिन्न मोडल १ हजार ४ सय रुपैयाँसम्ममा खरिद गर्न सकिन्छ । यसका आधिकारिक विक्रेता प्रिज्म टेक्नोलोजिजका प्रबन्ध निर्देशक विकास शाहले फ्लाई तथा विनकम ब्रान्डका स्मार्टफोनहरू नै ४ हजार ५ सय रुपैयाँमा प्राप्त गर्न सकिने बताए । फ्लाई र विनकमका विभिन्न मोडलका फोन ४ हजार ५ सय रुपैयाँमै पाइन्छ । प्रिज्म टेक्नोलोजिजका मुलुकभर ३२ वटा शाखा छन् भने उसले १३ वटा सर्भिस सेन्टरमार्फत सेवा प्रदान गरिरहेको छ ।
किफायती फोनको भीडमा उदाउँदो अर्काे फोन हो— भिडियोकोन । वत्सल इम्पेक्सले बिक्री-वितरण गरिरहेको यो फोनका ६४ वटा मोडल बजारमा छन् । इम्पेक्सका प्रबन्धक नितेश मुन्दडाका अनुसार भिडियोकोनका बारफोनहरू १ हजार ६ सय ५० रुपैयाँमै पाइन्छ । भिडियोकोनको स्मार्टफोन ५ हजार २ सय ५० रुपैयाँमा उपलब्ध छ । 'हामी बिक्री परिमाणमा भन्दा पनि गुणस्तरीय सेवामा जोड दिन्छौ, भिडियोकोन मोबाइलप्रति आमनेपालीको चासो तथा प्रतिक्रिया निकै राम्रो छ,' उनले भने । भिडियोकोनका फोनमा अधिक फिचर र गुणस्तरीय पार्टपुर्जा हुन्छन् । भिडयोकोनका नेपालभर ४४ वटा डिलर तथा १२ वटा सर्भिस सेन्टर छन् ।
त्यसो त पछिल्लो समय बिक्यू ब्रान्डका मोबाइल पनि निकै लोकप्रिय सावित हुँदै गएका छन् । यसका बारफोन तथा स्माटफोनहरू सहुलियत मूल्यमै पाइने भएकाले पनि उपभोक्ताहरू यसतर्फ आकषिर्त हुने आधिकारिक विक्रेता होराईजन इन्टरप्राइजेजले जनाएको छ ।
किभीको २२०० एम मोडलको पातलो फोन १ हजार २ सय रुपैयाँमा बिक्री भैरहेको छ । मल्टिमिडियासहितको यो फोन धेरैको रोजाइमा परेको फोन हो । कलर्सको जेड २२ मोडलको फोन २ हजार २ सय रुपैयाँमा बिक्री भैरहेको छ भने जेड २४ मोडलको फोन २ हजार ४ सय रुपैयाँमा पाइन्छ । यो ब्रान्डका फोनहरू न्यूनतम १ हजार ३ सय रुपैयाँ सम्ममा खरिद गर्न सकिन्छ । कलर्सले हालै विन्डोज फोन पनि भित्र्याएको छ ।
पछिल्लो समय बजारमा चर्चा पाएको माइक्रोम्याक्सले पनि कम मूल्यमै अधिक फिचरको सुविधा दिने लक्ष्य राखेको बजार व्यवस्थापक समर्पण मिश्रले बताए । माइक्रोम्याक्सले १ हजार १ सय तथा १ हजार १ सय ५० रुपैयाँमा मल्टिमिडियासहितका फोन बजारमा उतारेको छ । माइक्रोम्याक्सले ३२०० रुपैयाँमा ए २४ मोडलको एन्ड्रोइड फोन उपलब्ध गराउँछ, जसमा १४०० एमएएच क्षमताको ब्याट्री तथा २ एमपीको क्यामेरा छ ।
मोबाइलको समग्र बजार नियाल्दा महँगाभन्दा पनि सस्ता र सुविधा सम्पन्न फोनको क्रेज बढ्दो छ । त्यसैले पनि व्यवसायीहरूबीच सहुलियत मूल्यमा बढी सुविधायुक्त फोन बिक्री गर्ने प्रतिस्पर्धा चलेको हो, जसले प्रत्यक्ष रुपमा सर्वसाधारणलाई फाइदा पुर्याएको छ । मोबाइल पनि एउटा फेसनकै रूपमा विकास भएकाले पनि सस्तो र राम्रो फिचरको मोबाइल किन्ने अनि नयाँ आउने वित्तिकै अर्काे किनिहाल्ने बानी पारखी उपभोक्ताहरूमा परेको व्यवसायीहरू बताउँछन् ।
पुरुषोत्तम बस्नेत, अध्यक्ष
मोबाइल कम्युनिकेसन टेक्नोलोजी
पछिल्लो समय नेपालमा कम मूल्यमा सुविधासम्पन्न फोनहरू उपलब्ध हुन थालेका छन् । जसले गर्दा थोरै आम्दानी भएकाहरूले पनि सवै सुविधा भएको फोन प्रयोग गर्न पाएका छन् । सीमित मूल्यमै सवै सुविधा भएको फोन उपलब्ध हुन थालेपछि एकातिर सवैको हातमा मोबाइल पुग्न थालेको छ भने अर्कातिर मोबाइलको बजार ह्वात्तै बढेको छ । अहिले नेपाली बजारमा करिब २ दर्जन ब्रान्डका फोनको सक्रिय सहभागिता छ भने १ हजारदेखि करिब १ लाख मूल्यसम्मका फोन उपलब्ध छन् । हामी आगामी फागुन १ गतेदेखि ताम्राकार कम्प्लेक्समा आयाजना हुने मोबाइल महोत्सवमा पनि सहुलियतमा सुविधा सम्पन्न मोबाइलहरू उपलब्ध गराउँदैछौं ।
दीपक भुजेल, निर्देशक
ग्याजेट्स नेपाल
बर्ड मोबाइल पछिल्लो समय अधिकांश नेपालीको रोजाइमा परेको छ । हामीले मध्यमवर्गलाई लक्षित गरेर सस्तो मूल्यमा गुणस्तरीय र अधिक सुविधासहितको फोन उपलब्ध गराएका छौं । सस्तोमा सुविधायुक्त फोन खोज्नेहरूका लागि बर्ड उपयुक्त मोबाइल हो । हामीले हजार रुपैयाँमै जिपिआरएस, इन्टरनेट तथा मल्टिमिडियासहितका फोन उपलब्ध गराएका छौं । वारेन्टी ब्रान्डका फोनहरूमध्ये सवैभन्दा बढी (१३ महिना) वारेन्टी हामीले दिएका छौं । पछिल्लो समय आएको थ्रीजी ट्याब्लेट पनि १० हजारमै उपलब्ध गराएका छौं । हामी अझ गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध छौं ।
पुष्कल खतिवडा, बिक्री प्रबन्धक
एलाइड ट्रेडलिंक इन्टरनेसनल
नेपालमा विगत ५ वर्षदेखि उपलब्ध कार्बन मोबाइल सरल र सुलभ मूल्यमा पाइने गुणस्तरीय फोन हो । हामी सबैको हातमा एन्ड्रोइड फोन पुगोस् भन्ने चाहन्छौं, त्यसैले हाम्रो उत्पादन सबै वर्गप्रति लक्षित छ । हामीसँग्ा ग्राहकको चाहना र स्तरअनुसारका उत्पादन छन् । हामी बिक्री परिमाणमा भन्दा पनि गुणस्तरीय सेवामा ध्यान दिन्छांै । राजधानी भित्र हामी ३ दिनभित्र सर्भिस दिन्छौं, त्यसका लागि ग्लोबल पार्टनर इलेभल पार्टनरअन्तर्गतको हेलो टेकसँग सहकार्य गरिरहेका छौं । कार्बनको १ हजार ४ सय ७९ रुपैयाँदेखि २ हजार ८ सय १९ रुपैयाँसम्मका बारफोन (१३ मोडल) उपलब्ध छन् भने एन्ड्रोइड फोन ४ हजार १९ रुपैयाँदेखि १४ हजार ३ सय ८९ रुपैयाँसम्ममा (१० मोडल) खरिद गर्नसकिन्छ । हामी थप सहुलियत मूल्यमा बहुप्रतीक्षित एन्ड्रोइड वन फोन नेपाल भित्र्याउने तयारीमा छौं ।
बिनायक पोखरेल, बिक्री प्रबन्धक, सिद्धि मोबाइल
एमटेक मोबाइल नेपालमा भित्रिएको ३ वर्ष भयो । यो अवधिमा हामी धेरै नेपालीको हातमा पुगेका छौं । अरूको तुलनामा सस्तो र सुविधायुक्त छ- एमटेक मोबाइल । यसको ब्याट्री ब्याकअप तथा फिचर राम्रो छ । हामीले १ हजार ४ सय रुपैयाँदेखि १३ हजार ५ सय रुपैयाँसम्मका फोन बिक्री गरिरहेका छौं । अहिलेसम्म हामीले ७ वटा मोडलका बारफोन एवं ११ मोडलका स्मार्टफोन भित्र्याइसकेका छौं । हामी नेपालीहरूको आयस्तर तथा चाहनाअनुसारका फोनसेट उपलब्ध गराउन प्रतिबद्ध छौं ।
दीपेन्द्र पोखरेल, प्रबन्धक, केन्ट मल्टिट्रेड
अहिले हामीले सस्तोमा गुणस्तरीय र धेरै फिचरसहितका फोनहरू उपलब्ध गराइरहेका छौं । अधिकांश नेपाली सस्तो मूल्यमा भरपर्दो एवं राम्रो फिचरको फोन खोजिरहेका हुन्छन्, रेज फोन उनीहरूका लागि राम्रो विकल्प हो । अहिले बजारमा रेज ब्रान्डका बारफोनहरू १ हजार २ सय रुपैयामै पाइन्छन् । जसमा मल्टिमिडियाको पूर्ण सुविधा छ । रेज मोबाइल नेपालभर उपलब्ध हुनुका साथै यसको ब्याट्री ब्याकअप र फिचर तुलनात्मक रूपमा बढी छ । हामी छिट्टै सिडिएमए फोन पनि उपलब्ध गराउँदै छौं ।
विकास शाह, प्रबन्ध निर्देशक, प्रिज्म टेक्नोलोजिज
हामीले विगत ३ वर्षदेखि नेपालमा सेवा प्रदान गरिरहेका छौं । मुलुकभर हाम्रा ३२ वटा ठूला शाखा तथा १३ वटा सर्भिस सेन्टर छन् । यसमार्फत हामी मुलुकभर विनकम र फ्लाई फोन बिक्री-वितरण गरिरहेका छौं । हाम्रा बारफोनहरू १ हजार ४ सय रुपैयाँमै खरिद गर्न सकिन्छ भने स्मार्टफोनहरू ४ हजार ५ सय रुपैयाँमै प्राप्त गर्न सकिन्छ । हाम्रो फोनप्रति आमजनमानसको आकर्षण बढेको छ । हामी अझ सहुलियत मूल्यमा बहुसुविधायुक्त फोनहरू भित्र्याउने तयारीमा छौं । चाँडै नै नयँा फिचरसहितका नयाँ मोडलका फोन पनि आउँदै छन् ।
नितेश कुमार मुन्द्रा, प्रबन्धक, वत्सल इम्पेक्स
हामी बिक्री परिमाणमा भन्दा पनि गुणस्तरीय सेवामा जोड दिन्छौं । त्यसो त भिडियोकोन मोबाइलप्रति आमनेपालीको चासो र प्रतिक्रिया निकै राम्रो छ । भिडियोकोनका फोनमा अधिक फिचर र गुणस्तरीय पार्टपुर्जा हुन्छन् । सहुलियत मूल्यमा स्मार्टफोन बोक्न चाहनेहरूका लागि भिडियोकोन सर्वाधिक उपयुक्त छ । भिडियोकोनको स्मार्टफोन ५ हजार २ सय ५० रुपैयाँमै खरिद गर्न सकिन्छ भने बारफोनहरू १ हजार ६ सय ५० रुपैयाँमै उपलब्ध गराएका छौं । हामी उचित मूल्यमा बहुसुविधायुक्त फोनहरू बजारमा उतार्ने तयारीमा छौं । अहिले हाम्रा ६४ मोडलका फोन बजारमा छन् । नेपालभर हाम्रा ४४ वटा डिलर तथा १२ वटा सर्भिस सेन्टर छन् । हामी प्रत्येक महिना ८ देखि १० मोडलका नयाँ फोन ल्याउँछौं । अहिले भी १५५५, भी १३९३, जेड ५०, क्वाड जेड ४० तथा ४५, प्रो एक्स ३० आदि नयाँ मोडल बजारमा आएका छन् ।