चलचित्र : दर्पणछायाँ
पहिलो पटक यही चलचित्र हेर्दा मेरा आँखा रसाएका थिए। गीत-संगीत कर्णप्रिय हुनुका साथै मुख्य कलाकारको अभिनय पनि आकर्षक छ।
अभिनेता : आर्यन सिग्देल
नेपालमा प्राकृतिक अभिनय गर्न सक्ने एक जना अभिनेता जो असाध्यै हेन्डसम पनि छन्।
अभिनेत्री : नम्रता श्रेष्ठ
सुन्दरता तथा अभिनय गर्न सक्ने क्षमताका कारण मलाई नम्रता श्रेष्ठ मन पर्छिन्।
गीत : तीर्खा लाग्यो पानी खाएँ..
गायिका अञ्जु पन्तको यो गीत मेलोडियस त छ नै, जथाभावी कुरा काट्नेहरूलाई व्यंग्यसमेत गरिएको छ।
गायक : नवीन के भट्टराई
पप गायनमा आफ्नो विशिष्ठ स्थान बनाउन सफल नवीनको स्वर नै 'एक्स्ट्रा' छ। उनका सबै गीत मैले सुरक्षित राखेकी छु।
गायिका : अञ्जु पन्त
पाश्र्व गायन होस् कि आधुनिक, अन्जु पन्तले गाएका हरेक गीत मलाई उत्तिकै मन पर्छन्।
स्थान : पोखरा
शान्त र सफा पोखराको गहना हो। प्राकृतिक सुन्दरताका दृष्टिकोणले पोखराभन्दा अर्को आकर्षक ठाउँ मैले फेला पारेकी छैन।
मन्दिर : कमलादी गणेश
कुनै पनि नयाँ काम थाल्नुअघि म पुग्ने मन्दिर कमलादीस्थित गणेशस्थान हो। त्यहाँ पुगेर दर्शन गरेपछि मैले आँटेका प्राय: सबै काम पूरा भएका छन्।
पहिरन : क्याजुअल
वन पिस, जिन्स अनि टिसर्ट सबैभन्दा मन पर्छ। यी क्याजुअल वेयर हरेक मौसम र अवसरका लागि उपयुक्त हुन्छन्।
खाना : गुन्द्रुकको झोल
दाल, भात र तरकारीमा गुन्द्रुकको झोल भएपछि मलाई अरू केही चाहिँदैन।
रंग : हरियो
मलाई सबैलाई भन्दा बढी सुहाउने रंग नै हरियो हो। मसँग भएका अधिकांश परिहन हरियो रंगका छन्।
सवारीसाधन : स्कुटर
आफू पनि यही सवारी साधनमा यात्रा गर्ने भएकाले होला सहज लाग्छ। ट्राफिक जामदेखि छिट्टै गन्तव्यमा पुर्याउने यो साधन हामी युवतीहरूका लागि सबैभन्दा उपयुक्त छ।
पुस्तक : सेतो धरती
अमर न्यौपानेद्वारा लिखित यो पुस्तक पढेपछि म गम्भीर भएकी थिएँ। सुख मात्र जीवन होइन, दु:खमा पनि जीवन जिउन जान्नुपर्छ भन्ने कुरा यो पुस्तक पढेपछि अनुभूति भयो।