फाल्गुन १५, २०७१
राप्तीका पाँचै जिल्लाका प्रतिभालाई प्रतियोगितामा सहभागी गराइने र त्यसबाट एक जनालाई 'हिरो अफ द भ्वाइस' घोषित गरिने पीडितले जानकारी दिए । 'ग्रामीण क्षेत्रमा प्रशस्तै प्रतिभा छन्, तर आर्थिक एवं पहुँचको अभावमा उनीहरू ठूला सहरका प्रतियोगितामा सहभागी हुन सक्दैनन्,' पीडितले भने, 'दुर्गम क्षेत्रका सिर्जनालाई स्थानीय स्तरमै अवसर दिने प्रयास गरेका छौं ।' एक महिनासम्म चल्ने यो प्रतियोगितामा जुनसुकै उमेर, क्षेत्र, समुदाय एवं जातिका प्रतिभाले भाग लिन पाउने छन् ।