साप्ताहिक संवाददाता
चैत्र ६, २०७१
स्ट्यान्डअप गर्दै विनोद
कान्तिपुर टेलिभिजनको लोकप्रिय हास्यकार्यक्रम 'ह्वाट द फ्लप' का कलाकार विनोद राई पर्दाबाहिरसमेत व्यस्त हुन थालेका छन् । साढे दुई वर्षदेखि 'ह्वाट द फ्लप' सँग आवद्ध विनोद आठ वर्षदेखि अभिनय क्षेत्रमा छन् । तीतोसत्य, झ्याइँकुटी झ्याइँ, गाई कि त्रिशूल, रातोपिरो, हिजोआजका कुरा आदि श्रृंखलामा अभिनय गरिसकेका कलाकार राई यतिबेला सडकनाटक, सांस्कृतिक कार्यक्रम तथा महोत्सवहरूमा स्ट्यान्डअप कमेडी तथा प्रसहन प्रस्तुत गरिरहेका छन् । राईले काठमाडौंबाहेक बझाङ, बर्दिया, कैलाली, नेपालगन्ज आदि स्थानमा भएका महोत्सवमा प्रस्तुत भएर दर्शक हँसाइसकेका छन् ।