१२ सहरको अडिसन, तीनवटा क्षेत्रीय अडिसन, दुई सहरको प्रतियोगिता तथा अन्तिम चरणको मुम्बई अडिसनपश्चात् निक्यौल भएको मिस इन्डिया-२०१५ का फाइनलिस्टमा नेपाली मूलकी रेवती क्षेत्री पनि सहभागी छिन् । कानुन अध्ययनरत १८ वर्षीया रेवती ५ फिट ८ इन्च अग्ली छिन् । गुवाहाटी, आसामकी रेवती बेली डान्समा रुचि राख्छिन् । यसअघि सन् २०१३ मा पनि नेपाली मूलकी सागरिका क्षेत्री मिस इन्डियाकी प्रतिस्पर्धी थिइन् । त्यतिबेला सागरिकाले मिस ग्लोइङ स्किनको एवार्ड जितेकी थिइन् । ६४ औं संस्करणको मिस इन्डिया-२०१५ चैत १४ गते मुम्बईमा सञ्चालन हुँदैछ ।