साप्ताहिक संवाददाता
यस्तो पो जागिर
यही अप्रिल महिनामा पर्ने इस्टर महोत्सवका लागि इस्टर एग ल्याउने चटारो धेरै कम्पनीलाई छ । यस क्रममा खानेकुरा बजारमा ल्याउनुभन्दा बढी चटारो एलेक्स इमरर्सन ह्वाइटलाई छ । २७ वर्षीया एलेक्सको काम बजारमा पठाउनुभन्दा अघि इस्टरका लागि तयार पारिएको खानेकुरा चाख्नु हो । मार्क एन्ड स्पेन्सरमा कार्यरत एलेक्सले सातामा १ सय ३० किसिमका चकलेट चाखेर त्यसको गुण बताउनुपर्छ । एम एन्ड एसको टेस्टरका रूपमा कार्यरत एलेक्सले कम्पनीका विभिन्न फ्याक्ट्री पुग्न विभिन्न मुलुकको भ्रमण गर्नुपर्छ । यसपटक बेलायत र आयरल्यान्डका लागि एम एन्ड एसले साढे एक किलोको स्वर्ण अन्डा निकाल्दैछ भने बालबालिकालाई मनपर्ने खेलौना आकारका चकलेट पनि तयार गर्दैछ । आफ्नो जागिर देखेर साथीहरू लोभिने एलेक्स बताउँछिन् । एलेक्स भन्छिन्— उनीहरू मलाई आफूले चाखेर बचेको चकलेटर ल्याइदिन अनुरोध गर्छन् ।