झापाबाट प्रारम्भ भएको तिम्रो धुन मेरो सुर शीर्षकको प्रतिस्पर्धाका उत्कृष्ट पाँच छनौट भएका छन् । नेपाली ताराको शैलीमा विभिन्न स्थानमा अडिसन लिएर सुरु गरिएको प्रतियोगिताबाट उत्कृष्ट पाँचमा पर्न सफल कलाकारमा अनमोल सुब्बा, रमिला लम्जेल, गौरीमान चाम्लिङ, प्रकाश राजवंशी तथा भक्त विश्वास छन् । केर्खा फिल्म्सले गत कातिक २६ गते झापाको चारआलीमा पहिलो पटक यो प्रतियोगिताको अडिसन लिएको थियो । पूर्वाञ्चलका विभिन्न ११ स्थानमा लिइएको अडिसनमा ५ सय प्रतियोगीले भाग लिएको प्रतियोगिताका संयोजक अशोक घिमिरेले जानकारी दिए । यही महिना -चैत) हुने अन्तिम प्रतिस्पर्धाबाट उत्कृष्ट कलाकार छनौट गरिने उनले बताए ।