चैत्र २१, २०७१
थानेश्वर गौतम, पशुपति शर्मा, चोलेन्द्र पौडेल, जीवन दाहाल, गणेश पौडेल, हस्त केसी, पूर्ण परियार, सीता परियार आदिले पनि परियारलाई साथ दिंदै मेलाको वातावरणलाई संगीतमय बनाएका थिए । उक्त मेलामा बाग्लुङका स्थानीय गायक विष्णु खत्रीले आफ्ना लोक तथा झ्याउरे गीत प्रस्तुत गरे । चैतेदसैंको अवसरमा आयोजित यो मेला कलाकार तथा ग्रामीण बासिन्दाका उत्पादनको बजारका रूपमा चिनिन थालिएको छ । कलाकारको प्रस्तुतिकै कारण मेला अवधिभर झन्डै एक लाख दर्शक सहभागी भएको अनुमान छ ।