साप्ताहिक संवाददाता
ब्रान्ड एम्बेसडरका रूपमा करिश्माले आरोग्य हेल्दी होममा शरीरको आवश्यकताभन्दा बढी बोसोलाई अल्ट्रासोनिकका साथै अन्य प्रविधिद्वारा मजास गरी शरीरको बोसोलाई माइक्रो सिस्टमबाट पगालेर सजिलै शरीरको तौल घटाउन सकिने बताइन् । उनका अनुसार हेल्दी होममा शरीरको हिप, थाई, पिँडुला, पेट, हात, पाखुरा, ब्रेस तथा अनुहारको सेपसमेत मिलाउन सकिन्छ । हेल्दी होमको पाँचौं शाखाको रिबन काट्दै करिश्माले पेटको धर्सा मेटाउन तथा चाउरीपन हटाउनसमेत हेल्दी होमको सेवा उपयुक्त रहेको बताइन् ।
समारोहमा आरोग्य हेल्दी होमकी निर्देशक तथा सिनियर फिजियोथेरापिष्ट डा. सुष्मिता ढकालले हेल्दी होमका सेवाका सम्बन्धमा जानकारी गराएकी थिइन् । आरोग्य हेल्दी होमका अध्यक्ष सुदीपकुमार रिमालको सभापतित्वमा सम्पन्न समारोहमा हेल्दी होमका सीईओ कृष्ण भण्डारीले बानेश्वर, बागबजार, नारायणघाट तथा बुटबलपछि हेल्दी होमको पाँचौं शाखा महाराजगन्जमा सञ्चालन गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए ।