दुईसय प्रतिस्पर्धीबाट पूर्वी पहाडी डान्स स्टारमा टपटेनको छनौट सम्पन्न भएको छ । पूर्वका १० जिल्लाका १५ वटा स्थानमा गरिएको अडिसनबाट प्रतिस्पर्धाहरूको छनौट गर्दै टपटेनमा झारिएको हो । धनकुटाका सुमन योगी, मुना राई र संगीता मगर तथा संखुवासभाका एल्विन शेर्पा, माया शेर्पा, रिङकि ताम्राकार, सुस्मिता श्रेष्ठ, कसियस राई, सावित्रा अछामी एवं लीला राई पूर्वी पहाडी डान्स स्टारको टपटेनमा परेका छन् । लुकेका प्रतिभाको खोजी गर्ने उद्देश्यका साथ अरुण फिल्म्सले आयोजना गरेको यो प्रतियोगिता तीन महिनाअघि प्रारम्भ भएको थियो । प्रतियागितामा भोजपुर, संखुवासभा, तेह्रथुम, पाँचथर तथा इलाम जिल्लाका २ सय जना सहभागी भएको आयोजक अरुण फिल्म्सले जनाएको छ । अब ५ जना छनौट गरेपछि हुने अन्तिम प्रतिस्पर्धाबाट सिधै विजेता घोषणा गरिनेछ । यो प्रतियोगिताको फाइनल चैत ३० गते खाँदबारीमा हुनेछ ।