गायिका ब्रिट्नी स्पेयर्स यतिबेला गणितको कक्षा लिइरहेकी छिन्, त्यो पनि आफ्ना लागि नभै सन्तानका लागि । ८ र ९ वर्षका दुई छोराकी यी आमाले छोराहरूलाई गणित सिकाउन कक्षा लिनुपरेको हो । ब्रिट्नीका अनुसार अहिले उनी छोराहरूलाई हरेक रात ३ घण्टा होमवर्क गराउँछिन् । ब्रिट्नीको एक छोरा आगामी वर्ष कक्षा ५ मा भर्ना हुँदैछन् । त्यतिबेला उनले अल्जेब्रा पढ्नुपर्ने हुन्छ । छोराले अल्जेब्रा अध्ययन गर्नुपुर्व नै ब्रिट्नी आफैं त्यसको ज्ञान हासिल गर्न चाहन्छिन् । त्यतिमात्र होइन, छोराहरूलाई उत्कृष्ट सावित गर्न उनले पुरस्कारको व्यवस्थासमेत गरेकी छिन् ।