साप्ताहिक संवाददाता
सुमिन शर्मा, सुनसरी
धेरै केही गर्नु पर्दैन, सबैले आफ्नो कर्तव्य जे छ त्यसैलाई ईमान्दारिताका साथ पुरा गर्नुपर्छ। देश विकास हुन समय लाग्दैन।
भुवन थापा, रुपन्देही,
हाल : मलेसिया
पहिलो प्राथमिकता पीडित जनताको गाँस, बास तथा कपासलाई दिनुपर्छ, त्यसपछि संरचना पुनर्निर्माणको काम विदेशी कम्पनीहरूलाई दिनुपर्छ।
आवाज लिम्बू
सबैभन्दा पहिले नेपालमा भएका सबै राजनैतिक दलले तेरो, मेरो नभनी एक ढिक्का भएर हातेमालो गरी सबैले सबैलाई साथ दिए भने पुनर्निर्माणका लागि ऊर्जा मिल्नेछ।
देबेन्द्र थापा, बर्दिया
विश्वभरबाट आएको आर्थिक सहयोग एवं आन्तरिक सम्पत्तिले विकास–निर्माणका कार्यहरू पूरा गर्न सकिन्छ। यदि सही तरीकाले उपभोग गर्न सकिए भत्किएको सामाजिक, पुरातात्विक एवं ऐतिहासिक धरोहरलाई पुन: जस्ताको तस्तै निर्माण गर्न सकिन्छ।
विजयशमशेर जबरा,
बिर्तामोड, झापा
भूकम्पपीडितहरूलाई राहत दिनुपर्यो। गाँस, बास र कपास त्यसपछि हाम्रो नेपालको प्रतीक धरहराको पुनर्निर्माण गर्नुपर्यो।
नरेन्द्र थापा
भूकम्पपीडितका लागि वैकल्पिक आवास अनि त्यसपछि शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्नुपर्छ। भत्किएका घर, अस्पताल, मठमन्दिर, ऐतिहासिक तथा पुरातात्विक स्थलहरू पूर्ण भूकम्पप्रतिरोधी बनाउनुपर्छ।
तुलसी लिम्बू
घरपरिवार विचल्ली भएकाहरूलाई चिउरा, दालमोठ होइन, त्रिपाल दिनुपर्छ। क्षतिग्रस्त भौतिक सम्पदाको यथोचित मूल्यांकन तथा पुनर्निर्माणमा लाग्नुपर्छ।
पुष्प पराजुली
धरहरालाई जस्ताको तस्तै बनाउनु बेस हुन्छ।
पूर्ण मुनकर्मी,
बानेश्वर, काठमाडौं
सबैभन्दा पहिले पीडित जनतालाई खाना र बासको व्यवस्था हुनुपर्छ। विदेशीले दिएको पैसा भ्रष्टाचार नगरी सदुपयोग हुनुपर्छ। पुनस्र्थापनाका लागि बाहिर रहेका जनशक्तिलाई नेपालमा बोलाएर नेपालीले नै ध्वस्त संरचना पुनर्निर्माण गर्ने हो भने त्यो नेपाल र नेपालीको दीर्घकालीन हितमा हुनेछ।
आरके शर्मा, बाग्लुङ,
हाल : साउदी अरेबिया
वास्तविक पीडित पहिचान गरी बर्खाबाट बच्ने छानाको व्यवस्थालाई प्राथमिकता दिनुपर्छ।
रञ्जु ज्ञवाली
घरबारविहीन भएकाहरूको गाँस र बासको व्यवस्थालाई पहिलो प्राथमिकता दिइनुपर्छ।
भान्जाश्री
पहिले जनताको आस र बास बनाऊ अनि देशको सान र
मान बनाऊ।
नवीन
सबैभन्दा पहिले बर्खाअगाडि अस्थायी बासस्थान बनाइसक्नुपर्यो। त्यससँगै स्थायी बासस्थान र सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माणमा ध्यान दिनुपर्छ।
रिवाज
पैसो, इन्जिनियर, सिकर्मी र घर बनाउने मिस्त्री।
किराँती केटा
गाँस, बास र कपास भए पुग्छ, चाहिएको त्यति नै हो।
सामान्य नागरिक
विद्यालय, स्वास्थ्य संस्था, पुरातात्त्विक सम्पदाहरूको पुनर्निर्माणमा ध्यान दिनुपर्छ।
बाबु
विकेन्द्रीकरण गरिनुपर्छ। सरकार र देश भनेको काठमाडांै उपत्यका मात्र होइन भन्ने बुझ्नुपर्यो।
भाइरस
मानिसहरूको सोच र मानसिकतालाई। यति कुरा बदलियो भने बाँकी सबै बदलिन सम्भव हुन्छ।
फुच्ची रजनी
विद्यालय, स्वास्थ्य संस्था, सडक संरचना र जनताका कटेरो।
सिकारु केटो
शिक्षा र स्वास्थ्यलाई नै प्राथमिकता दिनुपर्छ।
सुशान्त निरौला
पहिले पीडितहरूलाई आधारभूत आवश्यकता उपलब्ध गराउनुपर्यो, त्यसपछि गाउँदेखि सहरको पुनर्निर्माणको कुरा आउँछ।
बिजु मैनाली