साप्ताहिक संवाददाता
असार ४, २०७२
सहयोगको पहलमा गायक
सुनसरीका गायक गुरुङ सोल्टीको पहलमा दिवंगत खेलकुद पत्रकार सुमन भोम्जनको परिवारलाई नगद १० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक समारोहमा गायक सोल्टीले खेलकुद पत्रकार मञ्चलाई साउदी अरबमा कार्यरत पूर्व भलिबल खेलाडी मिलन श्रेष्ठले उपलब्ध गराएको उक्त रकम हस्तान्तरण गरेका हुन् । सोल्टीकै पहलमा हङकङ तरहरा हासपोसा मञ्चले भूकम्पमा परिवारका सदस्य गुमाएका सुनसरीका ८ परिवारलाई नगद २ लाख ४० हजार रुपैयाँ हस्तान्तरण गरिएको छ ।