गायक भुवन सुप्तिहाङ राईलाई पाँचथरको रविमा सम्पन्न राष्ट्रिय सांस्कृतिक मेलामा ‘रविकर्ण दुमीराई युवा प्रतिभा सम्मान’ बाट सम्मानित गरिएको छ । युग पुरुष श्रीरविकर्ण राङगकासु दुमीराई स्मृति प्रतिष्ठान पाँचथरले गायन क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरेको हो ।