श्रावण ३२, २०७२
मिस एसिया-२०१५ का लागि नेपालका तर्फबाट ग्रीष्मा बस्नेतले प्रतिनिधित्व गर्ने भएकी छिन् । भारतको कोचिनमा आगामी भदौ १ गते हुने मिस एसिया-२०१५ मा नेपाललगायत एसियाका २१ मुलुकका सुन्दरीहरूको सहभागिता रहनेछ ।
उक्त प्रतियोगिताका लागि २० वर्षीया ग्रीष्माले कोरियोग्राफर मनिष शाक्यसँग ग्रुमिङ कक्षा लिएकी थिइन् भने उनका लागि आवश्यक पहिरन कायरा तथा मृगतृष्णा बुटिकले तयार गरेका छन् । एसएलसी पि्रन्सेस-२०११ मा थर्ड रनर्सअप तथा मिस ई-कलेज-२०१२ की विजेता ५ फिट ५ इन्च अग्ली ग्रीष्माले मिस नेपाल- २०१४ मा पनि प्रतिस्पर्धा गरेकी थिइन् ।