रिवन इन्टरटेनमेन्टले आयोजना गर्न लागेको मोडलहरुको प्रतियोगिता ‘सुपर मोडल कन्टेष्ट–२०१५’ ४० जना महिला मोडलहरुले प्रतिस्पर्धा गर्ने भएका छन् ।
प्रतियोगितामा सहभागिता जनाउने प्रतियोगिहरुलाई कोरियोग्राफी, ग्रुमिङ, स्वीमिङ, व्यक्तित्व विकास, चित्रकला, श्रृंगार, जुम्बाजस्ता विषयमा तालिम प्रदान गरिने प्रतियोगिताका कोरियोग्राफर अश्वीनी झाले बताएका छन् । प्रतियोगिहरुलाई मोडलिङबारे ज्ञान प्रदान गर्नका लागि यसै महिना पोखरामा एउटा फेसन शोमा प्रस्तुत गरिँदैछ ।
प्रतियोगितामा हिसीला महर्जन, सिर्जना गिरी, दीपशिखा सापकोटा, समीक्षा आचार्य, सुजा राई, नीप्शा ढुंगाना, मुमा भण्डारी, सुजश्ना कँडेल, रीजु श्रेष्ठ, राधिका सुवेदी, एञ्जीला मालाकार, गरीमा थापा, उर्मिला शेर्पा, छिरिङ डोल्कर शेर्पा, अशु खड्का, नीक्की शाही, प्रतीक्षा भण्डारी, श्रीना मरासिनी, अपेक्षा केसी, अनुशा राई, सुजु श्रेष्ठ, एन्जल शाह, मरिउम मिर, एलिजा भुजु, डेनिषा कुमाल, प्रशंसा सखा, नीमी शेर्पा, सुष्मिता भट्टराई, तृषा सिंह, नेहा शर्मा, सुष्मिता गुरुङ, जीना सिटौला, प्रविना अधिकारी, पूजा गौतम, मोनिका थापा, पूजन कार्की, मोनिका थापा, पूजन कार्की, बबिता लिम्बु, नविना घिमिरे, सरु गौतम र सपना थापागरी ४० जना मोडलहरुले प्रतिस्पर्धा गरिरहेका छन् । निर्णायक प्रतियोगिताको मिति तय गरिएको छैन ।