भाद्र ११, २०७२
दुई दर्जन प्रतियोगीलाई पछि पार्दै ड्राइभरटोल, रूपन्देहीका पवन पुलामीले जिल्लास्तरीय खुला गायन प्रतियोगिता ‘एन प्याब्सन सिंगिङ स्टार’ को उपाधि जितेका छन् ।
एसियन पार्टी प्यालेसमा सम्पन्न प्रतियोगितामा २२ जना प्रतिस्पर्धीमाझ उत्कृष्ट ठहरिँदै स्काइल्यान्ड बोर्डिङ स्कुलका पवनले उपाधि चुमेका हुन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन रूपन्देहीको आयोजनामा सम्पन्न प्रतियोगितामा रूपन्देहीको सैनामैना मेमोरियल स्कुलका नविन परियार दोस्रो तथा बुटवलको ग्लोरि बोर्डिङ स्कुलका आकांक्षा भण्डारी तेस्रो घोषित भए ।
कार्यक्रममा गायिका सहिमा श्रेष्ठ र सौगात सायरले आ–आफ्ना गीतमार्फत सहभागीहरूलाई मनोरन्जन प्रदान गरेका थिए भने जेबी क्षेत्रीले समेत प्रस्तुति दिएका थिए ।