कार्तिक ९, २०७२
यही नोभेम्बर १९ देखि ३० तारिखसम्म फिलिपिन्सको मनिलामा सञ्चालन हुने मिस एन्ड मिस्टर पानकन्टिटेन्टल–२०१५ मा नेपालका तर्फबाट राजीव शाहीले प्रतिनिधित्व गर्दैछन् ।
६ फिट अग्ला तथा ३३ वर्षीय राजीव म्यानहन्ट इन्टरनेसनल नेपाल–२०११ का सेकेन्ड रनर्सअप तथा फ्रेन्डसिप उपाधिका विजेता हुन् । संसारभरका विभिन्न समुदाय र संस्कृतिका प्रतिनिधिहरूलाई एउटै ठाउँमा ल्याएर साझा मूल्य–मान्यताको विकास तथा अन्तर्राष्ट्रिय मित्रता र समझदारी प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यअनुरूप पानकन्टिनेन्टल प्रतियोगिताको थालनी भएको हो ।
यो प्रतियोगितामार्फत आफ्नो देशको पर्यटन एवं संस्कृतिलाई विश्वमाझ चिनाउने तथा मधुमेह रोगसम्बन्धी सचेतना जगाउन प्रभावकारी भूमिका खेल्न सक्ने उत्कृष्ट दूत चयन गर्ने लक्ष्य छ ।