कार्तिक २९, २०७२
चीनको वेन्झाउमा हालै सम्पन्न मिस टुरिज्म क्विन इन्टरनेसनल २०१५ मा नेपालका तर्फबाट सहभागिता जनाएकी २१ वर्षीया निरिशा बस्नेतले ट्यालेन्ट एवार्डमा रनर्सअपको उपाधि जित्न सफल भएकी छिन् ।
सहभागी ५४ सुन्दरीहरूमध्येबाट ट्यालेन्ट राउन्डमा टप सिक्स तथा डान्सेस अफ द वल्र्ड टप फोरमा परेर फाइनल प्रतिस्पर्धाका दिन एकल पर्फमेन्स दिने अवसर प्राप्त गरेकी निरिशाले ट्यालेन्ट राउन्डमा बज्रयोगिनी चर्या नृत्य प्रस्तुत गरेकी थिइन् । एकातिर बज्रयोगिनी चर्या नृत्यमा सांस्कृतिक सुन्दरता दर्साएकी निरिशाको फाइनल प्रतियोगिताकै मंचमा स्विम सुट राउन्डमा ग्ल्यामरस एवं हट अवतार देख्न पाइएको थियो । ५ फिट ४ इन्च अग्ली निरिशा युहान इन्टरनेसनल इभेन्ट्सले आयोजना गरेको मोडल क्वेस्ट इन्टरनेसनल नेपाल २०१५ का विजेता हुन् ।