साप्ताहिक संवाददाता
मंसिर ९, २०७२
"घरको याद आयो नि, उनको याद आयो नि" नेपाली सिने जगतमा सुपर स्टार भनेर चिनिएका भुबन के.सीले जब यो गित गाए तब उपस्थीत दर्शकका आँखा भरिए ।
सांगीतिक पृष्भुमिबाट अभिनयमा आएका नायक के.सीले परदेशीहरुका दुख पिडा संम्बन्धी गीत गाउदै सबैको मन जिते ।
आफ्नो बावु सँगै दुबइ आएका नायक अनमोल के.सीले ‘ के यो माया हो...’ लगाएत गीत गाएर दर्शक नचाए । युएइमा रहेका नेपाली कलाकारहरु संगठित भई सुरु गरेको नेपाली कलाकार समुहको दुवइ शाखाद्धारा आयोजित कार्यक्रममा सहभागी हुन उनीहरु युएइ आएका थिए ।
दुइ महिना अगाडी स्थापना भएको समुहको फुजेराह, डिब्बा र दुवइमा शाखा बिस्तार भैसकेको समुहको संरक्षक रतन थापाले जानकारी दिए । कार्यक्रममा युएइमा कार्यरत दर्जनौ कलाकारले आफ्नो प्रस्तुति दिएका थिए । कार्यक्रम दुबइको होटल इम्पेरिएल मा भएको थियो ।