साप्ताहिक संवाददाता
मंसिर २५, २०७२
विदेशी ब्रान्डका घडी लगाउन रुचाउने सौखिन नेपालीहरूको संख्या धेरै छ । त्यसमध्ये टाइटन घडी धेरैको रोजाइमा पर्छ । सन् १९८४ देखि बजारमा आएको टाइटन घडी नेपाली बजारमा भने झन्डै ११ वर्षअघि मात्र आधिकारिक रूपमा प्रवेश गरेको हो ।
यो घडीको आधिकारिक विक्रेता नेपाल ट्रेड नेटवर्क हो । युवा, वृद्धवृद्धा एवं बालबालिकाका लागि छुट्टाछुट्टै डिजाइन गरिएको टाइटन घडीको नेपालमा २ हजारभन्दा बढी मोडल उपलब्ध छन् । नेपाली बजारमा २ हजार ५ सय रुपैयाँदेखि ३६ हजार रुपैयाँसम्मका घडी उपलब्ध हुने नेटवर्कले जनाएको छ । बिक्रीका आधारमा विश्वमै पाँचौं स्थानमा रहेको टाइटन घडी नेपालमा पहिलो स्थानमा छ ।