साप्ताहिक संवाददाता
पुस ९, २०७२
मध्याह्नका गायक कर्णदास शनिबार पोखरामा १० वर्षपछि एकल गायन कार्यक्रम प्रस्तुत गर्दैछन् । लायन्स क्लब अफ पोखरा, आदर्श चौतारीले भूकम्पबाट क्षतिग्रस्त विद्यालयहरूको पुनर्निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले यो कार्यक्रम गर्न लागेको हो । कार्यक्रममा कर्णदासले नि:शुल्क रूपमा तीन घण्टा आफ्नो एकल गायन प्रस्तुत गर्नेछन् । १० वर्ष लामो अमेरिका बसाइपछि कर्मथलो पोखरा फर्किएका गायक कर्णदासले पहिलो पटक एकल कन्र्सट गर्न लागेका हुन् ।
कार्यक्रममा उनले झन्डै २० वटा राष्ट्रिय, सुगम तथा पप गीत सुनाउने कार्यक्रम संयोजक शिव नेपालीले बताए । अहिलेसम्म १ हजार २ सयभन्दा बढी गीतमा स्वर दिइसकेका कर्णदास अहिले आफ्नो नयाँ गीति एल्बमको तयारीमा समेत छन् ।
कर्णदासका गीतहरु