यु–ट्युबले सन् २०१५ को ‘रिभ्यू रिपोर्ट’ सार्वजनिक गरेको छ । यसअन्तर्गत वर्षभरि अपलोड भएका विभिन्न विषयका भिडियोमध्ये टप टेन भिडियो, टप टेन म्युजिक भिडियो, टप टेन गेमिङ भिडियो तथा टप टेन विज्ञापन भिडियोहरूको सूची सार्वजनिक भएको छ । यु–ट्युबले भ्यू, लाइक्स, सेयर, सर्च रेस्पोन्स जस्ता आधारमा टप टेन भिडियो छनौट गरिएको बताएको छ ।
१. वाच–मी
२२ अप्रिलमा यु–ट्युबमा सार्वजनिक यो भिडियो वर्षकै हिट भिडियोका रूपमा स्थापित भएको छ । यसको ह्यास्ट्याग ट्विटरमा पनि भाइरल नै भएको थियो । हेभन किङ र उनको डान्स ग्रुपको यो प्रस्तुतिको निर्देशन टायनी किङले गरेका हुन् । इमेजिङ इन्टरटेनमेन्ट ग्रुपको यो भिडियो टप टेन सूची सार्वजनिक हुँदासम्म ११ करोड ६६ लाख ९८ हजार २ सय ६८ पटक हेरिएको युु–ट्युबले जनाएको छ । यसमा ३० हजार ४ सय १ प्रतिक्रिया प्राप्त भएका छन् ।
२. क्लास अफ क्लेन्स रिभेन्ज
१ फेब्रुअरीमा यु–ट्युबमा राखिएको यो भिडियो कमर्सियल भिडियो हो । यो भिडियो ८ करोड ३८ लाख ६७ हजार २ सय ८२ पटक हेरिएको छ भने २६ हजार ३ सय ४५ प्रतिक्रिया छन् ।
३. क्रेजी प्लास्टिक बल प्रांक
१८ जनवरीमा यु–ट्युबमा राखिएको यो भिडियो पनि निकै हिट भयो । ५ करोड ६४ लाख ५१ हजार २ सय ३ पटक हेरिएको यो भिडियोमा २८ हजार ५ सय १ प्रतिक्रिया छन् । यो प्रांकलाई २०१५ कै उत्कृष्ट प्रांक बताइएको छ ।
४. लभ हाज नो लेभल्स
३ मार्चमा यु–ट्युबमा सार्वजनिक यो भिडियोमा प्रेमको कुनै बाद हँुदैन भन्ने सन्देश दिइएको छ । धर्म, लिंग उमेर, शारीरिक अपांगता जस्ता कुराले प्रेममा कुनै प्रभाव पार्दैन भन्ने आशय व्यक्त गरिएको यो भिडियो ५ करोड ५३ लाख २० हजार ६ सय ८२ पटक हेरिएको छ भने यसले ३ हजार ७ सय ११ प्रतिक्रिया पाएको छ ।
५. लिप साइन्क ब्याटल विथ विल फेरेल्ल
केभिन हार्ट र जिम्मी फैलनको यो भिडियो ५ करोड ४३ लाख ७७ हजार ४ सय ८२ पटक हेरिएको छ । १ फेब्रुअरीमा सार्वजनिक गरिएको यो भिडियोमा १४ हजार ५ सय प्रतिक्रिया आएको छ ।
६. जस्टिन बिवर कारपुल
२० मेमा सार्वजनिक भएको यो भिडियो टप टेन सूची सार्वजनिक हुँदासम्म ४ करोड ३४ लाख ६ हजार ७ सय ४२ पटक हेरिएको थियो । जस्टिनको उत्कृष्ट प्रस्तुति समेटिएको यो भिडियोमा ३० हजारभन्दा बढी प्रतिक्रिया छन् ।
७. सिक्स्थ फिट म्यान इन सिक्स्थ फिट जायन्ट वाटर बेलुन
२१ जुलाईमा सार्वजनिक यो भिडियो ४ करोड ६ लाख १७ हजार ८ सय ४९ पटक हेरिएको छ । गे र डनको संयुक्त प्रस्तुतिको यो भिडियोमा १६ हजारभन्दा बढी प्रतिक्रिया छन् ।
८. गोल्डेन ब्वाइ क्यालम स्कट हिट्स द राइट नोट
११ अप्रिलमा सार्वजनिक भएको यो भिडियो ३ करोड ८६ लाख ८६ हजार १२ पटक हेरिएको छ । यो भिडियो ब्रिटेन नट ट्यालेन्टसँग सम्बन्धित छ ।
९. डाबर पुलिस ड्यासक्याम कन्फेसनल
१६ जनवरीमा सार्वजनिक भएको यो भिडियो ३ करोड ७५ लाख ६९ हजार ३ सय ८ पटक हेरिएको छ ।
१०. मिन ट्विट्स
१२ मार्चमा सार्वजनिक भएको यो भिडियो नेपालमा हेर्न नमिल्ने बनाइएको छ । अमेरिकी राष्ट्रपति बराक ओबामासम्बन्धी यो भिडियो अहिलेसम्म ३ करोड ४३ लाख ५२ हजार २ सय ५२ पटक हेरिएको छ ।
टप टेन गेमिङ भिडियो
१. क्लास अफ क्लेन- ८३,८८७,७९०
२. रियल जीटीए - २२,९५४, ०५८
३. स्टार वार्स ब्याट्लफ्रन्ट- २२, १७८, ८५०
४. फाइभ नाइट्स - २१,४९२,९८५
५. वार्निङ : यु विल डाइ - १९,९०५,०९७
६. डिस्कभर पोक्मन - १९,६७४,३०२
७. फेलाउट ४- १८,२१८,२००
८. एल्डर्स प्ले ग्रान्ड- १६,०९६,२६०
९. ह्यालो भीएस कल अफ ड्युटी - १३,४०५,४२५
१०. फाइनल फ्यान्टसी - १२,९८७,५१६
टप टेन एड्भरटाइजिङ भिडियो
१.क्लास अफ क्लेन्स - ८३,८८७,७९०
२. ह्युन्डाई - ६९,८१५, ५१०
३. लभ ह्याज नो लेभल्स- ५,३२७,६८२
४. बुम विच - ४९,३८३,४५४
५. एडिडास लियो मेसी- ४३,३४७,३०४
६.अलवेज लाइक गर्ल- ३८,०८६,३४२
७.ड्युरेक्स- ३७,४६०,८४९
८. सामसुङ ग्यालेक्सी एस ६ एण्ड एस ६ एड्ज- ३३,७०९,४७६
९. स्लाप हर- ३१,२२३,९३७
१०. बर्डवाइजर- ३०,४२९,१६