माघ १७, २०७२
यही माघ २१ गतेदेखि २९ गतेसम्म चल्ने नुवाकोट मिनी महोत्सवमा र्याफ्टिङको मज्जा लिन पाइनेछ ।महोत्सवभरि पुरानो बजार त्रिशूलीदेखि पवित्र देवस्थल देवीघाटसम्म ७ किमि लामो र्याफ्टिङ गराइने छ ।
नुुवाकोट मिनी महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइनेछ । नुवकोटका प्रमुख उत्पादन त्रिशूलीको कान्छी बदाम, शिखरबेसीको बास्नादार चामल, स्ट्रबेरी, रेन्बो ट्राउट, ककनीको मुला, साल्मेको ओखर आदि हुन् । नुवाकोटको पुरानो त्रिशूली बजारमा प्रख्यात सोरठी नाच, टाकटुके नाच, तामाङ जातिको वशेभूषामा चिटिक्क सजिएर नाचिने मेन्दोमाया नाच पनि महोत्सवका आकर्षण हुनेछन् । भैरवकोटको प्रख्यात खैजडी नाच, बालन तथा त्रिशूली बजारको लाखेले समेत महोत्सवलाई मनोरञ्जक बनाउनेछन् ।