मेष
सरकारी तथा निजी क्षेत्रमा पुन: प्रयत्न गरे अवसर हात लाग्न सक्छ । प्रेम–प्रेमिकाबीचको सम्बन्धमा तीतोपन सिर्जना हुन सक्छ । विदेश जाने प्रक्रिया अघि बढाउँदा बढी खर्च भए पनि सफलता हात लाग्नेछ । बल मिच्याइँ गरे काम बिग्रने सम्भावना छ । मेहनतले काम सम्पन्न गर्न सकिनेछ ।
वृष
पारिवारिक खिचातानीका कारण सम्पन्न भैसकेको कार्य पनि ओझेलमा पर्न सक्छ । पैतृक सम्पत्ति उपयोग गर्दा थप फाइदा उठाउन सकिनेछ । प्रेमसम्बन्धमा सावधानी अपनाए फाइदै हुनेछ । स्वास्थ्यको ख्याल गर्दै चिसोबाट जोगिनुहोला । सूर्य भगवान्को आराधनाबाट विशेष लाभ लिन सकिनेछ ।
मिथुन
मझौला किसिमका लगानीबाट लाभ लिन चुनौतीको सामना गर्नुपर्नेछैन । ढिलै भए पनि प्रतिष्ठा प्राप्त हुनेछ । सामाजिक कार्य गर्ने अवसर जुट्नेछ । मन पराउने साथीले दोहोरो कुरा गरी नैराश्यता उत्पन्न गराउन सक्छन् । बिस्तारै निर्णय गर्दा लाभ हुनेछ । हरियो रंग प्रयोग गर्दा थप लाभ लिन सकिनेछ ।
कर्कट
नवनियुक्त कर्मचारीले काममा विशेष होसियारी अपनाउनुहोला । आलोचना गर्नेहरू बढी नै भए पनि पराजयको सामना गर्नुपर्ने छैन । स–साना त्रुटिले मर्यादामा उथलपुथल ल्याउन सक्छ । खर्चिलो यात्राले मनमा दुविधा उत्पन्न गराउला । सेतो रंग प्रयोग गर्दा मेहनत खेर जानेछैन ।
सिंह
खर्चलो भ्रमणको योग छ । रोजगारीको नयाँ अवसर हात पार्न कठोर मेहनत गर्नुपर्ने हुन्छ । कुनै पनि काम दु्रत गतिमा सम्पन्न गर्नुपर्ने चुनौती टरिसकेको छैन । प्रेम प्रस्तावमा बिस्तारै निर्णय गर्नुहोला । खरानी रंगलाई प्राथमिकता दिँदा थप फाइदा हुन सक्छ ।
कन्या
नयाँ कार्य प्रारम्भ गर्दा आफ्नो मात्र नभै अभिभावकको रुचिको पनि ख्याल गर्नुहोला । रोजगारीका लागि भौंतारिनुपर्ने स्थिति छ । अन्तर्वाता तथा परीक्षाहरूमा संयमित रहनुहोला । ध्यानपूर्वक गरिएका कामले लाभ दिलाउन सक्छ । सेतो रंगको प्रयोगले नसोचेको परिणाम प्राप्त हुनेछ । भोज–भतेरमा सहभागी भइनेछ ।
तुला
साथीसङ्गीहरूसँगको भ्रमण, खानपान तथा फेसनमा राम्रै धन खर्च गर्नुपर्ने हुन सक्छ । घरायसी सामग्री खरिदमा पारिवारिक मतान्तर देखा परे पनि गहना तथा विद्युतीय उपकरण खरिद गर्न मन मिल्नेछ । योजना कार्यान्वयनमा ढिलाइ गर्दा आफैं पछि परिनेछ । विदेश यात्राको साइत जुर्ने सम्भावना छ । पुण्य आर्जनको काममा सरिक हुन पाइनेछ ।
वृश्चिक
मन पराउनेहरूले घुमाउरो भाषा प्रयोग गर्नेछन् । मनको कैतूहलता कायम रहनेछ । नयाँ कार्य सफल पार्न थप खर्च एवं मेहनतको आवश्यकता छ । यात्रामा हेलचेक्र्याइँ गर्दा आर्थिक नोक्सानीमा पर्न सकिने सम्भावना छ । सुनौलो रंगको पहिरनले सहजता महसुस गराउनेछ ।
धनु
मेहनतले जीवनशैलीमा परिर्वतन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिनेछ । विशेष उपहारका साथ प्रेम प्रस्ताव प्राप्त हुन सक्छ । आम्दानीको दिगो स्रोत फेला पर्नुका साथै सवारी साधन जोड्ने अवसर जुट्न सक्छ । बिहीबारपछिका दिनहरूमा आफ्न्तहरूसँग रमाइलो यात्रा हुनेछ ।
मकर
प्रयत्न गर्दा भाग्यले साथ दिनेछ । प्रतिभा प्रदर्शन गरेर धेरैलाई आकर्षित गर्न सकिनेछ । बाधाहरू स्वत: हट्नेछन् । प्रतिस्पर्धीहरूले पनि प्रशंसा गर्न थाल्नेछन् । यात्रा गर्दा स्वास्थ्यको हेक्का राख्नुहोला । विशेष प्रकारका मानिसहरूसँग परिचित हुने अवसर छ । भोजन तथा दिनचर्यामा ध्यान पुर्याउनुहोला ।
कुम्भ
महत्त्वाकांक्षाले जोखिम निम्त्याउनेछ भने सद्व्यवहारले प्रतिष्ठा दिलाउनेछ । अरूको भर पर्दा गोप्य सूचना बाहिरिन सक्छ । कुरा लगाउनेहरूले सताउनेछन् । अनावश्यक विवादबाट टाढै रहनुहोला । आइतबारदेखि विभिन्न अवसरले पछ्याउनुका साथै स्थिति उत्साहपूर्ण रहनेछ । प्रतिभा देखाएर नाम, दाम तथा इनाम हात पार्ने समय छ ।
मीन
रचनात्मक काम गर्ने उत्साह जाग्नेछ । आकर्षक पहिरनमा ठाँटिएर अरूको मन लोभ्याउन सकिनेछ । भैतिक साधनको उपयोग गर्दा विपक्षीले डाहा गर्न सक्छन् । सिर्जनशील ऊर्जाले मान–सम्मान दिलाउनेछ । अरूको योगदानलाई बेवास्ता गर्दा आफ्नो समेत अवमूल्यन हुनेछ । साताको अन्त्यतिर फजुल खर्चले सताउनेछ ।