लाटोकोसेरोको दृष्टि अत्यन्तै तीक्ष्ण हुन्छ । कुनै वस्तु नदेखेको अवस्थामा मात्र लाटोकोसेरोले आफ्नो आँखा बन्द राख्छ ।
बाज प्रजाति र चील प्रजातिका चरापछि सबैभन्दा तीव्र गतिमा उड्न सक्ने चरा लाटोकोसेरो नै हो ।
लाटोकोसेरोले मौसमअनुसार आफ्नो शरीरको रंग बदल्छ ।
बार्न जातिको लाटोकोसेरोको अनुहारको आकार उसको मुटुजस्तै हुन्छ ।
नेपालमा हरेक वर्ष नवलपरासीलगायतका जिल्लामा लाटोकोसेरो महोत्सव मनाइन्छ ।
सबैभन्दा ठूलो प्रजातिको लाटोकोसेरोलाई हुचिल भनिन्छ ।
सबैभन्दा सानो प्रजातिको लाटोकोसेरो बोरोइङ उल हो । यो १९ सेन्टिमिटर अग्लो हुन्छ भने पखेटा फिजाउँदा यसको चौडाइ ५० सेन्टिमिटर मात्र हुन्छ ।
सबैभन्दा ठूलो प्रजातिको लाटोकोसेरो ग्रेट ग्रे उल हो । यो ८४ सेन्टिमिटरसम्म अग्लो हुन्छ भने पखेटा फिजाउँदा यसको चौडाइ १ सय ५२ सेन्टिमिटरसम्म हुन्छ । यसको अधिकतम तौल २ किलोग्रामसम्म हुन्छ ।
हिन्दू समाजमा लाटोकोसेरोलाई धनकी देवी लक्ष्मीको वाहन मानिन्छ ।
३ वर्ष उमेर पुगेको हुचिललाई नांगो आँखाले देख्न सकिंदैन भन्ने तन्त्रशास्त्रीय मान्यता छ । त्यस्तो हुचिलसँग दैवीय शक्ति हुन्छ भन्ने विश्वास गरिन्छ ।