साप्ताहिक संवाददाता
- रूसको साइबेरियास्थित बैकाल ताल संसारकै सबैभन्दा पुरानो ताल मानिन्छ ।
- यो तालको निर्माण २ सय ५० करोडदेखि ३ सय करोड वर्षअघि भएको बताइन्छ ।
- यो ताल संसारकै सबैभन्दा ठूलो ताजा पानीको ताल पनि हो । यो तालको पानीले संसारको २० प्रतिशत खानेपानीको माग धान्न सक्छ । यो ताल संसारको सबैभन्दा गहिरो ताल पनि हो ।
- यो तालको गहिराइ १ किलोमिटर ६ सय मिटरसम्म छ ।
- यो तालको पानी सर्वाधिक पारदर्शी मानिन्छ । यो ताल समुद्र सतहबाट ४ सय ५७ दशमलव २ मिटर उचाइमा छ । यो तालको उत्तरी खण्डमा डेढ किलोमिटर लामो हिमाच्छादित पहाड छ भने दक्षिणी खण्डमा घाँसेमैदान छ । यो तालको आधा भाग एसियामा र आधा भाग युरोपमा पर्छ । यो तालको पानीलाई संसारकै सबैभन्दा बढी अक्सिजनको मात्रा भएको पानी मानिन्छ ।
- यो ताललाई ३ प्रकारका ताजा पानीमा रहने सिल माछामध्ये एउटाको एकमात्र बासस्थान मानिन्छ ।