साप्ताहिक संवाददाता
डेढ दशक देखि म्यूजिक भिडियो निर्देशन गर्दै आएका सञ्चारकर्मी दिपक श्रेष्ठले आफ्नो पछिल्लो म्यूजिक भिडियो दर्शकसामु ल्याएका छन् ।
लोक, आधुनिक तथा पप गीत गरि झण्डै ५०० वटा म्यूजिक भिडियो निर्देशन गरिसकेका श्रेष्ठको यो पछिल्लो म्युजिक भिडियो “ माया गर्छु ” लाई चर्चित गायिका इतु जोजिजुले स्वर दिएकी छिन् भने संगीत शम्भुजित वास्कोटा र गीत रचना उन्नतिशिला बोहराको रहेको छ ।
हरी हुमागाइँ ले छायांकन गरेको यस म्युजिक भिडियाको सम्पादन प्रकाश तुलाधरले गरेका छन् । भिडियोमा मोडल सन्दिप शाही र नायिका निता ढुंगानाको अभिनय गरेकी छिन् । यस गीतलाई उपत्यकाको चपली हाईट, चापागाउँ, नागदह, बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा छायाङ्कन गरिएको छ ।
निर्देशक दिपक श्रेष्ठ विगत दुई दशक देखि पत्रकारिता पेशासंग आवद्धरही इमेज च्यानल टेलिभिजनको स्थापना काल देखि नै कार्यरत छन् ।
माया गर्छुको म्युजिक भिडियो