वैशाख ३१, २०७३
हरेक वर्ष १७ मार्च को दिन शिकागो नदीले रंग फेर्छ । उक्त दिन शिकागो नदीको पानी हरियो देखिन्छ । एक हप्तासम्म मानिसहरू हरियो एंव रंगीचंगी पहिरनसहित उक्त नदी किनार पुग्छन् ।
सन् १९६२ पछि हरेक वर्ष यसै दिन प्लम्बर एसोसिएसनले नदीमा एक प्रकारको रसायन मिसाउँछ, जसले गर्दा नदीको पानी हरियो देखिन्छ । यो रसायनले पानी कति प्रदूषण छ थाहा पाउन सकिन्छ । केही अघि पर्यावरण संरक्षण एजेन्सीले यो रसायनको प्रयोगले नदिलाई नोक्सान गरेको भन्दै आपत्ति जनाएको थियो । यहाँ कुनै बेला सेन्ट पेट्रिक आयरल्यान्डका सन्त थिए । उनको सम्झनामा यसरी सेन्ट पेट्रिक डे मनाइँदै आएको छ । त्यसदिन सांस्कृतिक कार्यक्रमसमेत आयोजित गरिन्छ ।