भरत सिटौला, गायक
सांगीतिक व्यस्तता कस्तो छ ?
अहिले आएर एक्कासि बढेको छ । मेरो नयाँ गीत ‘बैंसमा...’ ले गर्दा पनि अहिले स्टेजतिर माग बढिरहेको छ । देश–विदेशका कार्यक्रमहरूबाट निम्तो आउने क्रम बढेको छ । केही हप्तामै जापानमा सांगीतिक प्रस्तुति दिँदैछु ।
संगीतमा गर्नुभएको पुनरागमन कस्तो भैरहेको छ ?
केही वर्ष म टेलिभिजनमा व्यस्त थिएँ । हिमालय टेलिभिजनमा कार्यक्रम निर्माताका रूपमा थुप्रै लोकप्रिय कार्यक्रम जस्तै म्युजिक स्टेसन, म्युजिक क्याफे, फिल्मी कीरो आदि निर्माण गरें । यिनै कार्यक्रमका कारण पनि मेरो सांगीतिक गति कम भएको थियो ।
गायक तथा संगीतकारलाई संगीतबाट टाढारहन गाह्रो भएन ?
चटक्कै छाडेको त होइन नि, बीच–बीचमा मेरा केही गीत आएका थिए । केही सेन्टिमेन्टल गीत श्रोताहरूले मन पनि पराउनुभयो । चलचित्र ‘कामचोर’ मा संगीतकारका रूपमा पनि आवद्ध भएँ ।
पछिल्लो समय लोकप्रिय भएको ‘बैंसमा...’ कस्तो प्रकारको गीत हो ?
‘बैंसमा’ शीर्षककै एल्बममा समावेश गरिएकोरोमान्टिक शैलीको गीत हो जसमा उमेर ढल्किएका मानिसको अनुभवलाईरमाइलो तरिकाले प्रस्तुत गरिएको छ ।
यो गीतको भिडियोमा आफैंले अभिनय गर्ने सोच कसरी पलायो ?
आफैंले अभिनय गर्ने कारणचाहिँ भिडियोमा आफैंले मात्र न्याय गर्न सक्छु कि भन्ने लागेर हो । अहिले दर्शकको प्रतिक्रिया पाएपछिराम्रै गरेँ जस्तो अनुभव भैरहेको छ ।
कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
यो म्युजिक भिडियो युट्युबमा आफ्नै च्यानलबाट अपलोड गर्दा पनि तीन हप्तामा करिब ५० हजार पटक हेरिएको छ ।रेडियो तथा टेलिभिजनले पनिराम्रो स्थान दिएका छन् ।
अबको सांगीतिक योजना कस्तो छ ?
म संगीतकर्मकै लागि जन्मिएकोरहेछु भन्ने कुरा अनुभव गर्दैछु । टेलिभिजनमा सक्रिय भए पनि संगीतलाई पनि समानान्तर रूपमा अघि बढाउने निर्णय गरेको छु ।