साप्ताहिक संवाददाता
फोर्ड मोटर कम्पनी तथा नेपालका लागि फोर्डको आधिकारिक विक्रेता जीओ फोर्डले फोर्डको १ सय १३ वर्षको इतिहास स्मरण गर्दै यो जुन महिना भर फोर्ड हेरिटेज मन्थ मनाउँदैछ ।
फोर्ड हेरिटेज मन्थ नेपालमा विभिन्न कार्यक्रमका साथ मनाइँदै छ, जसअन्तर्गत फोर्ड गाडीमा विशेष छुटको व्यवस्था गरिनुका साथै टेस्ट ड्राइभ गर्नेहरूका लागि विशेष उपहारको व्यवस्था छ । जीओ फोर्डले ग्राहकहरूको रुचिलाई ध्यानमा राखी स्पेसल मुभि नाइट, गोकार्ट ट्रयाकमा विशेष रेस जस्ता थुप्रै कार्यक्रम ल्याएको छ ।
फोर्ड रेसिङको इतिहास
फोर्ड रेसिङको इतिहास सन् १९०३ मा फोर्ड मोटर कम्पनीको थालनी भन्दा अघि नै प्रारम्भ भएको देखिन्छ । सन् १९०१ मा हेनरी फोर्डले दर्शकहरू रेसमा उत्साहजनक रूपमा सहभागी भएको देखेर आफ्नो २६ हर्स पावर स्वीपसेटक उक्त जमानाको उत्कृष्ट ड्राइभर एलेक्सजडान्डर विन्टन विरुद्ध डेटोइटको रेसमा सहाभागी भए । उक्त रेसमा हेनरी फोर्डले १ हजार अमेरिकी डलर पुरस्कार जितेका थिए । उक्त राशिका साथै अरू लगानीकर्ताको रकमबाट हेनरी फोर्डले फोर्ड मोटर कम्पनी स्थापना गरेका थिए ।
फोर्डले रेसिङको इतिहासमा १ हजार भन्दा बढी नासकार तथा २ सयभन्दा बढी एफ वान रेस जितेका छन् । फोर्डले आफ्नो इतिहासमा रेसिङबाट प्रेरित भै विभिन्न .गाडिका मोडलहरू पनि बजारमा ल्याएका छन्, जसमध्ये मुस्ताङ र फोर्ड जीटी उत्कृष्टताको उदाहरण बनेको छ । फोर्ड जीटी यो वर्षको प्रतिष्ठित ले म्यान्स ट्वान्टी फोर आवर्स प्रतिस्पर्धामा सामेल हुन सफल भएको छ ।
फोर्डको इतिहास
हेनरी फोर्डले यो कम्पनीको स्थापना गरेका थिए र उनले गाडीको इतिहासमा यसले अनपेक्षित परिवर्तन ल्याउने विश्वास लिएका थिए । फोर्डका उत्पादनहरू इन्धनमैत्री र चलाउन सजिला प्रमाणित भएका छन् । यसको लेमिनेटेड विनडो अर्को विशेषता हो । यसका अधिकांश गाडी जस्तै फोर्ड मुस्ताङ, इको स्पोर्ट कम्प्याक SUV तथा रेन्जर पिकअपहरू अहिले विश्वव्यापी रूपमा लोकप्रिय छन् ।
नेपालमा फोर्ड
सन् २०१० मा फोर्डले नेपाल प्रवेश गरेको हो । त्यतिबेलादेखि नै फोर्डका गाडीहरू नेपाली ग्राहकहरूको रोजाइमा परे । फोर्ड कार सुरक्षित, मौलिक, इन्धनमैत्री तथा राम्रो सेवा दिने भन्दै सबैले प्रशंसा गर्दै आएका छन् । अहिले नेपालमा फोर्डका सात विभिन्न मोडल उपलब्ध छन्, जसमा सबैभन्दा पछि Endeavour ले प्रवेश पाएको छ । नेपालमा फोर्डका ११ बिक्री तथा सर्भिस केन्द्र छन् भने एक Quicklane सर्भिस सेन्टर छ ।