अब टेलिसिरियलमा कमब्याक हुने होइन भन्या ?
विक्रम खनाल
चाँडै आउँदैछु । म एउटा नयाँ शैलीको कार्यक्रममार्फत तपाईंहरूमाझ आउनेछु ।
मनको मान्छे आफूसँग हुने भए कति राम्रो हुन्छ होला ?
चिरण राना
मन परेको मान्छे आफूसँग नहुन सक्छन् तर आफूसँग भएको मान्छेलाई मन पराए भैगो नि ।
भूकम्पपीडितहरूको सहयोगका लागि कुनै योजना बनाउनुभएको छ ?
पुष्प केसी
त्यस्तो ठूलो योजना त छैन तर सहयोग गरिरहेको छु । आफूले सकेको सहयोग गर्न म सधैं तत्पर छु ।
भूकम्पपछिको पुनर्निर्माण किन रोकिएको होला ?
पवित्रा लिम्बू
यो त सरकारका कारणले रोकिएको होला । नेपालका सरकार काम गर्नेभन्दा कुरा बढी गर्ने खालका छन् । कुरा बढी भएर रोकिएको हो कि ?
तपाईंको नयाँ सिरियल नेपाल टेलिभिजनबाट कहिले प्रसारण हुन्छ ?
डिल्ली पाण्डे
तिथि–मिति त तोक्न सकिंदैन, तर एक दुई महिनाभित्रमै आउने कुरामा म ढुक्क छु ।
तपाईंको थर नेपाल कसरी रह्यो ? हामी पनि त नेपालमा बस्छौं । हामीले आफ्नो थर परिवर्तन गर्न पाउँछौ ?
ऋषिराम पोखरेल
आफ्नो थर परिवर्तन मात्र होइन, थरै नराख्न पनि पाइन्छ । अब नेपाल थर कसरी भयो, जितु नेपाल कसरी रहन गयो, तपाईं कसरी जन्मनुभयो भन्ने त प्रश्नै भएन नि ।