साप्ताहिक संवाददाता
आकर्षक व्यक्तित्व, आत्मविश्वासले भरिपूर्ण शैली तथा बान्की परेको जीउडालमा बिरालो चालको सुन्दर संयोजन । यी सबै कुरालाई ५० जना युवतीले आफ्नो प्रस्तुतिमा प्रभावकारी रूपमा झल्काउन हरसम्भव प्रयत्न गरे । प्रतिस्पर्धा अघि बढ्दै जाँदा उनीहरू उत्कृष्ट २० अनि त्यसपछि उत्कृष्ट ७ भित्र समेटिए । यो यात्रामा सबैभन्दा भाग्यमानी ठहरिइन् इच्छा कार्की र उनको नाममा द सुपर मोडल्स नेपाल २०१६ को उपाधि दर्ता भयो । शनिबार प्रज्ञाभवनमा सम्पन्न मोडल प्रतिस्पर्धा द सुपर मोडल्स नेपालमा इच्छाले मुख्य उपाधिसँगै बेस्ट स्किनको एवार्ड पनि हात पारिन् ।
प्यासेफिक इभेन्ट्स एन्ड म्यानेजमेन्टको आयोजनामा सञ्चालित उक्त प्रतियोगितामा उपविजेता भइन्– आयुष्मा शाही । अन्य उपाधितर्फ सोरु बराइली पर्सनालिटी तथा फोटोजेनिक एवार्डका हकदार भए । यसैगरी रिचा सिटौला पब्लिक च्वाइस, दीपा श्रेष्ठ बेस्ट वाक, हेमा हमाल स्टाइलिस, क्यारोलिन चन्द बेस्ट फिगर, अमिशा देवकोटा कन्जिनियालिटी तथा अस्मिता श्रेष्ठ वेष्ट हेयर एवार्डका विजेता घोषित भए । उक्त कार्यक्रममा नेपा: डान्स एकेडेमीका कलाकारहरूको आकर्षक नृत्यसमेत समेटिएको थियो ।