मेष
अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ने हुन सक्छ । होस नपुर्याई गरिएका स–साना कुराले मर्यादामा चोट पुर्याउन सक्छन् । भीडभाडमा यात्रा गर्दा धनमाल जोगाउने चेष्टा गर्नुहोला । महँगी बढेर बढी धन खर्च गनुपर्ने अवस्था आइलाग्न सक्छ । अधिकार एवं प्रतिष्ठा जोगाउन गोपनीयतामा ध्यान दिनुपर्नेछ । बिजोडी नम्बर फाप्ने देखिन्छ ।
वृष
परिचित मित्रहरूले दिएको उपहार देखेर वरिपरीका छिमेकीहरूसमेत छक्क पर्नेछन् । अनपेक्षित मित्रले आफूतर्फ आकर्षित हुँदै रोकिएको कामको गाँठो फुकाउन सहयोग गर्नेछन् । खर्च गर्न कन्जुस्याइँ नगर्नुहोला । वृद्धवृद्धा तथा अपाङ्गहरूप्रतिको सद्भावले उचाइमा पुर्याउनेछ । प्रेम प्रस्तावमा हेक्का राखी निर्णय गर्नुहोला । साताको अन्त्यमा गरिएको भ्रमणले ऊर्जा प्रदान गर्नेछ ।
मिथुन
विदेश यात्राले आकस्मिक लाभ दिलाउनेछ । आफ्नो मेहनत एवं लगनशीलताको मूल्यांकन हुनुका साथै नयाँ अवसरसमेत हात पर्ने सम्भावना छ । टाढिएका मित्रहरूले विश्वास गर्ने वातावरण बन्दैछ । सवारी साधन खरिद गर्ने मुहूर्त नजिकिँदैछ । स्वास्थ्यप्रति बेवास्ता नगर्नुहोला ।
कर्कट
ठूलाबडाको सुझाव अवलम्बन गर्नुमै आफ्नो हित छ । दीर्घकालीन आम्दानीको बाटो पहिल्याउन केही समय कुर्नुपर्नेछ । मंगलबारपछिका दिन अनुकूल हुनेछन् । प्रेमिकाको अनुरोध सहजै स्वीकार गर्दा विशेष फाइदा हुनेछ । पाचन प्रणालीमा हुने गडबडीप्रति सावधानी अपनाउनुहोला ।
सिंह
स–साना समस्या मन मिल्ने साथीको सहयोगबाट निराकरण गर्न सकिनेछ । नयाँ तथा महत्वपूर्ण योजना तर्जुमा गर्दा समय खर्चनुपर्नेछ । स्थान परिर्वतन गरी सञ्चालित व्यवसायले उचाइमा पुर्याउने छ । घरायसी व्यवहारमा संलग्न नभएकै उपयुक्त हुन्छ । साताको अन्त्यमा टाढा रहेका पाहुनासँग मनोरञ्जनमा सहभागी भइनेछ ।
कन्या
विपक्षीले स–साना कमजोरी औंल्याउँदा परिणाम आफ्नै पक्षमा आउनेछ । हतारमा गरिएको कामले हानि पुर्याउने हुँदा धैर्यतामा जोड दिनुहोला । नयाँ तथा पुराना दुवै कामबाट लाभ हुने देखिन्छ । स–परिवार धार्मिक कार्यमा सहभागी हुँदै मठमन्दिरको भ्रमण गरिनेछ । पुराना काम परिणाममुखी हुँदै आर्थिक लाभको शुभ समाचार प्राप्त हुनेछ ।
तुला
साथीहरूको भनाइमा भर पर्दा थप आर्थिक संकट बेहोनुपर्ने हुन सक्छ, सतर्क रहनुहोला । अभिभावकको सुझावबेगर आर्थिक कारोबार गरे असुरक्षित भइनेछ । प्रेम प्रस्ताव राख्नेहरू प्रशस्तै भेटिनेछन् । यो साता इष्टमित्रबाट टाढै रहनुहोला ।
वृश्चिक
बोलीको प्रभावबाट अरूलाई मन्त्रमुग्ध तुल्याउन सकिनेछ । हठ गर्ने बानीले परिवारमा मनमुटाव सिर्जना गर्न सक्छ । परिस्थितिलाई बेवास्ता गरे व्यवहारिक झमेला आइलाग्नेछ । काममा ढिलाइ भए पनि सही मार्ग पहिल्याउन सकिनेछ । सामान्य स्वास्थ्य बाधा उत्पन्न भए पनि शारीरिक दुर्बलता देखा पर्न सक्छ ।
धनु
अपेक्षाअनुरूप कार्य सम्पन्न हुँदा जाँगर बढ्नेछ । सेयर तथा वित्तीय क्षेत्रमा लगानी गर्न विलम्ब नगर्नुहोला । खानपानमा होस नपुर्याउँदा परिवारका सदस्यहरूमा स्वास्थसम्बन्धी समस्या देखा पर्न सक्छ । व्यवसायमा सहयोगी हात अघि बढ्नाले पर्याप्ता लाभ हुनेछ ।
मकर
शुभ समाचारले साता अनुकूल बनाउनेछ । बोलीको मधुरताका कारण विशिष्ट व्यक्तित्वबाट हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा प्रभुत्व जमाई योजनाअनुरूप लाभ लिन सकिनेछ । अभिभावकले आफ्नो भनाइ नसुन्दा मनमा चोट पुग्न सक्छ । बाध्यात्मक निमन्त्रणामा सहभागी हुँदा धन खर्च गर्नुपर्नेछ ।
कुम्भ
नातेदारहरूले कारोबारमा ढिलाइ गर्दा व्यवहारिक कठिनाइ सामना गर्नुपर्ला । अचानक साथीको मन परिवर्तन हुँदा आफूलाई मर्का पर्नेछ । परिणाममुखी कार्य सम्पन्न गर्न अझ केही समय कुर्नुपर्ने हुन्छ । मनोरञ्जनमा संलग्न हुँदा वादविवादबाट टाढै रहनुहोला । खरानी रंगको प्रयोगले अपजसबाट जोगाउनेछ ।
मीन
वैचारिक मतान्तर रहे पनि मान्यजनको सुझाव आत्मसात् गर्नुहोला । सामाजिक कार्यमा सहभागी भै जस आफ्नो पोल्टामा पार्न सकिनेछ । कला–साहित्यको क्षेत्रबाट बढी लाभ हासिल गर्न सकिनेछ । सेतो रंग तथा तरल पदार्थको व्यवसायबाट लाभ लिन सकिनेछ । नयाँ मित्रसँग प्रेम अंकुरित हुन सक्छ ।