साप्ताहिक संवाददाता
श्रावण २४, २०७३
अघिल्लो वर्षको तीजमा पशुपति शर्मासंग 'नाँचिदेउ मैयाँ, भाँचिदेउ कम्मर' गाएर चर्चामा आएकी गायिका अनिता चलाउनेको यसपाली 'झ्याप्पै बरिलै' बजारमा आएको छ । गीत मार्फत तीजमा नाँच्ने, गाउँने र घुम्ने रहर उनले व्यक्त गरेकी छिन् ।
आशिस म्यूजिक प्रालिको प्रस्तुति रहेको 'झ्याप्पै बरिलै' गीतको लय तथा शब्द पशुपति शर्माकै रहेको छ । शंकर बिसीको निर्देशनमा तयार भएको यस म्यूजिक भिडियोमा अभिनय पनि शंकर बिसी र गायिका स्वयं अनिता चलाउनेको रहेको छ ।
'झ्याप्पै' बरिलै गीतको म्युजिक भिडियो