साप्ताहिक संवाददाता
दिनेश राउत
युवा निर्देशक दिनेश राउतमा प्रशस्त निर्देशकीय क्षमता छ । समयसापेक्ष चलचित्र बनाउन जान्ने तथा राम्रो चलचित्र बनाउन कुनै पनि सम्झौता नगर्ने निर्देशकका रूपमा पनि म राउतलाई मन पराउँछु ।
लक्ष्मण रिजाल
नयाँ–नयाँ कन्सेप्टमा चलचित्र बनाउन चाहने, चरित्रलाई समेटेर चलचित्र बनाउन खोज्ने यी निर्देशकमा पनि प्रसस्त सम्भावना छ ।
उज्वल घिमिरे
पुरानो समयका निर्देशक भए पनि आफूलाई समयअनुसार परिवर्तन गर्दै आएका निर्देशक हुन्– उज्वल घिमिरे । कलाकारलाई निचोरेर अभिनय गराउन सक्ने क्षमता यी निर्देशकसँग छ ।
सवीर श्रेष्ठ
निर्देशक सवीर श्रेष्ठ प्राविधिक रूपमा समेत उत्कृष्ट छन् । श्रेष्ठमा कलाकारलाई सहजै काम गराउन सक्ने क्षमता छ ।
बबी भुपाल सेन
यी निर्देशक शिक्षित छन् । म उनलाई चलचित्रको मर्म राम्रोसँग बुझ्ने निर्देशकका रूपमा चिन्छु ।
मुस्कान ढकाल
लामो संघर्षपछि निर्देशक भएका व्यक्ति हुन्– मुस्कान ढकाल । निर्देशक बन्न संघर्ष गरेकै कारणले होला उनमा पर्याप्त प्रतिभा छ ।
निरक पौडेल
सानैदेखि चलचित्रको परिवेशमा हुर्किएकाले होला निरक पौडेलमा एक प्रकारको प्यासन छ । अझ बढी सक्रिय भए निरकले अझै उत्कृष्ट चलचित्र दिन सक्छन् ।
दयाराम दाहाल
मलाई दयाराम दाहालको कार्य शैली मनपर्छ । म दाहाललाई काममा असाध्य तेज तथा प्राविधिक रूपले पनि उत्कृष्ट निर्देशकका रूपमा चिन्छु । व्यक्तिगत रूपमा समेत दयाराम दाहाल मलाई सहज लाग्छन् ।