साप्ताहिक संवाददाता
फेसबुक फन्डाले धेरै नै हँसायो ।
अनु शर्मा, प्रेमप्रसाद चौलागाईं, अन्जना क्षेत्री
टेलिभिजनहरूमा टक शोको बाढी नै आए पनि गुणात्मक विकास भने हुन सकेको छैन (टेलिभिजन : टेलिभिजनमा टक शोको बाढी) । प्रभावकारी टक शोको अझैं कमी छ ।
सीपी पोखरेल
सुबिन भट्टराईको युवा मन सार्है चित्तबुझ्दो छ । सुबिनजीले हरेक युवाको मनभित्रका जिज्ञासा, खुल्दुलीलाई राम्रोसँग समेट्नुभएको छ ।
रजनी भण्डारी
साप्ताहिकको गाईजात्रा अंक राम्रो छ । देशमा गाईजात्राको नाममा अलि बढी नै गाईजात्रा भैरहेको छ । आउने अंकहरूमा रोचक तथ्यहरू समावेश गर्नुपर्यो । साप्ताहिकमा विश्वचर्चित व्यक्तिहरूको जीवनी समावेश गर्न सके सुनमा सुगन्ध हुने थियो ।
राजु गिरी
अति नै राम्रो लेख । (व्यंग्य : ओली र रायबीच गोप्य वार्ता) जति राम्रो व्यंग्य त्यति नै सत्य ।
अमर गुरुङ
कलाकारितालाई चटक्क छाडेर विदेश पलायन भएपछि कसले चिन्छन् त ? (धेरैले चिनेनन् पूजालाई) अँ पूजा पहिलेको भन्दा अलि मोटी भइछन् ।
जेबी सन्देह राई, वीरेन्द्र घर्ती
हास्य जोडीहरूका बारेमा विस्तृतमा जानकारी मिल्यो (यसरी जन्मिए हास्य जोडी) ।
जीवनराज दाहाल, हरिहर जोशी
युवाहरूलाई कसरी उद्यमशील बनाउन सकिन्छ । कुन क्षेत्रमा के–कस्ता सम्भाव्यता छन् भन्ने विषयमा प्रत्येक अंकमा लेख प्रकाशन गरे सबैले त्यसबाट लाभ लिनसक्ने थिए ।
सुरेश
डा. चुन्दा बज्रचार्यको कुरा मन पर्यो (अन्तरवार्ता : हास्यव्यंग्य कलाकारहरूले हामीलाई रोयल्टी तिर्नुपर्छ), तर कलाकारहरूले यो कुरा बुझे पो ?
सुनिता चौहान
गएको अंकको साप्ताहिक राम्रो लाग्यो । समय सान्दर्भिक छ ।
छवि अधिकारी
कुञ्जना घिमिरेसँग गाईजात्राको रोचक अनुभव रहेछ (गाईजात्रे प्रहसन) ।
छत्र कठायत
पार्वती राईले कस्तो सीधा जवाफ दिनुभएको (पाँच मिनेटभित्र सिन्दूर पोते–पार्वती राई, नृत्याङ्गना, मोडल) ? जे होस्, मनको कुरा नलुकाई भन्नुभएछ ।
देवेन्द्र सिंह
यो कस्तो नियम हो ? (समलिङ्गीलाई कठोर सजाय) जुनसुकै देशमा भए पनि यस प्रकारका नियम फेरिनुपर्छ । मानवअधिकारको सम्मान हुनुपर्छ ।
निर्मल खड्का
राम्रा कलाकारहरूले जहाँ पनि सम्मान पाइहाल्छन् (एउटै स्टेजमा चार हस्ती) । जसरी हुन्छ, नेपाली कला, संस्कृति, गीत तथा संगीतको प्रवद्र्धनमा जुट्नुपर्यो ।
कुसुम शर्मा
हरेक क्षेत्रमा युवाहरूको सशक्त सहभागिता हुनुपर्छ (व्यक्तिचित्र : रंगमञ्चमा बोल्ड एन्ड ब्युटिफूल अर्चना) । अर्चना पन्थी एक दिन पक्कै सफलताको शिखरमा पुग्नेछिन् ।
शिव पौडेल