साप्ताहिक संवाददाता
भाद्र २०, २०७३
आफ्ना छोरा संगीतराज आचार्यको दोस्रो जन्मदिनको अवसर पारेर गायक सत्यराज आचार्यले आफ्नो नयाँ गजलको म्युजिक भिडियो प्रिमियर गरेका छन् ।
आचार्यले आफ्नो एकल गजल एल्बम ‘मधुशाला’ को ‘आज एउटा खाम देखें, त्यहाँ तिम्रो नाम देखें’ को म्यूजिक भिडियो आज भदौ २० गते छोराको जन्मदिनको साइत पारेर सार्वजनिक गरेका हुन् ।
बेलायतको लन्डन तथा स्कटल्याण्डमा छायांकन गरिएको उक्त भिडियोको निर्देशन स्कटल्याण्ड निवासी दिपेश रेग्मीले गरेका हुन् जसमा सत्यराज आचार्य, निश्चल कार्की तथा प्रिथा भण्डारीले अभिनय गरेका छन् । गजल इतिहासमै पहिलो पटक एकल श्रष्टा सत्यराज आचार्यद्धारा लेखन, संगीत तथा गायनमा तयार पारिएको गजल एल्बम मधुशालाबाट अधिकांश गीत लोकप्रिय छन् ।
आज एउटा खाम देखेंको म्युजिक भिडियो :