साप्ताहिक संवाददाता
भाद्र २४, २०७३
चर्चित गायिकाद्वय कुन्ति मोक्तान तथा देविका बन्दनाले एकसाथ एउटै मञ्चबाट आ–आफ्ना गीत सुनाउने भएका छन् । आज शुक्रबार क्रोमेटिक ब्यान्डको लाइभ संगीतमा उनीहरू काठमाडौंको भद्रकालीस्थित नेपाल आर्मी क्लबमा प्रस्तुत हुन लागेका छन् । आज साँझ ६ बजेदेखि झन्डै दुई घण्टा चल्ने उक्त कार्यक्रममा दुवै गायिकाले आफ्ना १०–१० वटा गीत सुनाउने बताइएको छ ।