साप्ताहिक संवाददाता
भाद्र २४, २०७३
भदौ २१ गतेदेखि गायक सत्यराज आचार्य आफ्ना गीतहरूका साथ नेपाल टुरमा निस्किएका छन् । ‘मधुशाला विथ सत्यराज आचार्य’ शीर्षकको उक्त कार्यक्रममा सत्यराजले आफ्ना सात जना म्युजिसियनका साथ विराटनगर, बुटवल, नारायणगढ, पोखरा तथा काठमाडौंमा प्रत्यक्ष प्रस्तुति दिँदैछन् ।