मेष
तपाईंको विशेष प्रस्तावलाई साथीहरूले अनुमोदन गर्नेछन् । रोकिएका काम सम्पन्न भएर आफूमा ऊर्जा सिर्जना हुनेछ । अध्ययनका लागि विदेश जाने प्रक्रिया अघि बढ्न सक्छ । आर्थिक पक्ष सबल रहनुका साथै भैतिक सुखका साधनहरू जुटनेछन् । आफ्ना लागि गरिएको प्रयत्नले सार्थक परिणाम दिनेछ । स्वादिष्ट भोजनको आनन्द उठाउन पाइनेछ ।
वृष
प्रेमिकाको आग्रहमुताबिक घरायसी सरसामान जोहो गर्दा प्रेमको गाँठो अझ कसिन सक्छ । भविष्यका निम्ति जग बसाउने अवसर जुट्नेछ । पैतृक सम्पत्ति उपयोग गरी थप सवारी साधन खरिद गरिनेछ । मनोरञ्जनमा सहभागी हुँदा समयको ख्याल राख्नुहोला । नयाँ अवसरलाई वेवास्ता गर्दा पछुताउनुपर्ला ।
मिथुन
विविध प्रकारका सवारी साधनप्रति आकर्षित भइनेछ । पारिवारिक सुख–सुविधाका निम्ति विभिन्न सामग्री खरिदमा खर्च गर्नुपर्ने हुन सक्छ । लामो दूरीको यात्रामा अनावश्यक झन्झटले पिरोल्नेछ । चुनौतीहरू क्रमश: कम हँुदै जानेछन् । पहेंलो रंगको प्रयोगले समस्या पहिचान गर्न सहज बनाउनेछ ।
कर्कट
प्रेमिकाका स–साना गल्ती औंल्याइदिँदा चित्तदुखाइ बढ्न सक्छ । अपेक्षाअनुरूपको नतिजा प्राप्त गर्न अझै केही समय कुर्नुपर्नेछ । विदेश यात्राको योग छ । नयाँ कार्य सम्पन्न गर्न थप लगानी आवश्यक छ । सामान्य स्वास्थ्य बाधा उत्पन्न भए पनि दुई–चार दिनपछि स्वास्थ्य स्वत: अनुकूल हुनेछ ।
सिंह
राज्यस्तरबाट महत्वपूर्ण अवसर प्राप्त हुन सक्छ । जिम्मेवारी प्राप्त गर्न केही समय कुर्नुपर्नेछ । स्थान परिवर्तनको योगसमेत छ । पुराना कामबाट विशेष फाइदा मिल्नेछ । वैदेशिक कार्यमा अघि बढ्दा अभिभावकको रुचिको ख्याल गर्नुहोला । धार्मिक भ्रमण हुन सक्छ भने भोजभतेरबाट समेत निमन्त्रणा पाइनेछ । स्वास्थ्य एवं समयको विशेष ख्याल राख्नुहोला ।
कन्या
मन मिल्ने साथीसँग प्रेमको बन्धन कसिन सक्छ । स्वदेशमै उपलब्धि हात पार्न बिदेसिएका साथीहरूबाट सुझाव लिनुहोला । तपाईंको व्यक्तित्वबाट प्रभावित हुने तथा उन्नति देख्नेहरू छक्क पर्नेछन् । पुख्र्यौली धन खर्च गरी निर्माण कार्य सम्पन्न गरिनेछ । साथीहरूसँग मनेरञ्जन तथा भ्रमणमा सामेल हुन सकिन्छ ।
तुला
परोपकारी भावना वृद्धि भै अपाङ्ग तथा वृद्धवृद्धाहरूको सेवामा समय व्यतीत गरिनेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्दा ठूलाबडाबाट आशीर्वाद प्राप्त भै मन प्रफुल्लित हुनेछ । खानपान तथा दैनिक जीवनचर्यामा ध्यान नदिँदा स्वास्थ्यले साथ नदिन सक्छ । सप्ताहन्तमा कामको चाप बढ्ने सम्भावना छ ।
वृश्चिक
लगानीअनुरूप प्रतिफल हात पार्न दर्है प्रयास गर्नुपर्नेछ । राजनैतिक सभा–सम्मेलनमा भाग लिने अवसर जुट्नेछ । आफ्नो हट गर्ने बानीले परिवारमा मनमुटाव ल्याउन सक्छ । अभिभावकको सुझावअनुरूप व्यवसाय गर्दा मुनाफा हुनेछ । सेतो तथा रातो रंगका अनुसरणले कार्य सम्पन्न गर्न सहज बनाउनेछ ।
धनु
सांस्कृतिक कार्यक्रममा सहभागी हुँदा मानसिक तनाव कम हुनेछ । प्रेमिकासँगको खटपटलाई अभिभावकहरूको चासोले मत्थर पार्नेछ । उत्ताउलोपनले गर्दा परिणाममुखी कार्य गर्न ढिलाइ हुन सक्छ । विशेष सावधानी अपनाए काममा सफलता हात लाग्नेछ । नगद सापटी लिएकाहरूले धोका दिँदा समस्यामा पर्न सकिन्छ ।
मकर
विपक्षीको खरो आलोचनाले मन खिन्न बनाउनेछ । मंगलबारपछिका दिन अनुकूल रहनेछन । विशिष्ट व्यक्तिको भेटघाटमा नौला कुरा सिक्ने अवसर जुट्नेछ । नयाँ मित्रहरू आफूप्रति आकर्षिक भएको अवस्थालाई सार्थक परिणाममा पुर्याउन प्रयत्न गर्नुहोला । राति अबेरसम्म यात्रा गर्दा संयम अपनाउनुहोला ।
कुम्भ
स्वरोजगारी कारण हर्षले गद्गद भइनेछ । चियोचर्चो गर्नेहरूबाट सावधान रहनुहोला । आफन्त तथा प्रशंसकहरूलाई फरक अनुभूति प्रदान गर्न सकिनेछ । केही दिनको अन्तरमा अन्य अवसरहरूसमेत फेला पर्न सक्छन् । परोपकारमा सक्रिय हुँदा आत्मसन्तुष्टि प्राप्त हुनेछ । तपाईंको सामाजिक सक्रियताले परिवारकै प्रतिष्ठा वृद्धि गराउनेछ ।
मीन
आफ्नो काम फत्ते गर्न गोपनीयतामा जोड दिनुहोला । व्यवसायिक योजना तर्जुमा गर्दा विदेशी साथीहरूको सहयोग पाइनेछ । आफ्नै जुक्ति–बुद्धिको सहाराले नयाँ कार्य सम्पन्न गर्न सकिनेछ । प्रेमिकाको आग्रह स्वीकार गर्दा विशेष फाइदा मिल्न सक्छ । विचार नगरी अरूलाई वचन दिदाँ आलोचित हुने सम्भावना छ ।