साप्ताहिक संवाददाता
गायन दम्पत्ति कन्हैया सिंह परियार तथा अञ्जना गुरुङले काठमाडौंमा एक समारोह आयोजना गर्दै आफ्ना एक–एक वटा म्युजिक भिडियो प्रिमियर गरेका छन् ।
गायक सिंहको ‘धेरै माया गर्छु’ तथा गायिका गुरुङको ‘तिम्लाई भुल्न मैले पनि’ गीतको म्युजिक भिडियो प्रिमियर गरिएको हो । यी भिडियोहरु क्रमश: बेलायत तथा अमेरिकामा छायांकन गरिएका हुन् । म्यूजिकखबर डटकमले आयोजना गरेको समारोहमा चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले म्युजिक भिडियो प्रिमियर गरेका हुन् ।
‘धेरै माया गर्छु’ गीतका संगीतकार सन्तोष श्रेष्ठ हुन् भने सुमन बैरागी यो गीतका रचनाकार हुन् । बेलायतका विभिन्न स्थानमा छायांकन गरिएको यो भिडियोको निर्देशन मनोज गुरुङले गरेका हुन् जसमा प्रभु गुरुङ, कल्पना लिम्बू र सुबास गुरुङले अभिनय गरेका छन् । अन्जना गुरुङको स्वरको ‘तिम्लाई भुल्न मैले पनि’ गीतमा राजकुमार बगरको शब्द तथा संगीत सुन्न सकिन्छ । उक्त भिडियोका निर्देशक गायक कन्हैया सिंह हुन् । दुबै भिडियोलाई रविन्द्र खड्काले सम्पादन गरेका हुन् ।
समारोहमा टिकागोपाल डिजिटल एम क्रिएसनका अध्यक्ष गायक सिंहले संगीतको औपचारिक अध्ययन गर्नका लागि वर्षमा दुई जना प्रतिभालाई छात्रवृत्ति दिने घोषणा गरे ।
तिमिलाई भुल्न मैलेको म्युजिक भिडियो:
धेरै माया गर्छुको म्युजिक भिडियो: