साप्ताहिक संवाददाता
आश्विन १०, २०७३
हेयर स्टाइलिस्ट नीलडेभिड कटवालले काठमाडौंमा पहिलो पटक ‘ट्रंक शो’ आयोजित गर्दै आफूले डिजाइन गरेका पहिरन व्यवसायिक मोडलहरूमार्फत प्रस्तुत गरेका छन् ।
आफ्नै निवास भैंसेपाटीमा आयोजित शोमा कटवालले भारतीय डिजाइनर अनु खेमाकासँगको सहकार्यमा डेढ दर्जन मोडलमार्फत आफ्ना डिजाइन प्रदर्शन गरेका हुन् । ‘एनडिके एन्ड सिफन फेसन वेयर ब्रान्ड’ शीर्षकको उक्त शोमा नायिका पूजना प्रधान शो–स्टपर थिइन् भने नायिका गौरी मल्ल प्रमुख अतिथि थिइन् । उक्त शोमा ओमन्स वेयरलाई प्राथमिकता दिइएको थियो, जसमा पार्टी वेयर, ब्राइडल सारी, लेहेंगा, कुर्ता आदि समावेश थिए ।
एनडिके एन्ड सिफनको अर्को फेसन शो अक्टोबर १४ का दिन कोलकाताको ताज बंगाल होटलमा सम्पन्न हुने बताइएको छ ।