साप्ताहिक संवाददाता
गायक रामकृष्ण ढकालको १५ औं एकल एल्बम ‘आवरण’ लाई उपराष्ट्रपति नन्दबहादुर पुनले शनिवार काठमाडौंमा लोकार्पण गर्नु भएको छ । करिव तीन दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक ढकालको यो पछिल्लो एल्बममा ११ वटा गीत समावेश गरिएका छन् ।
विमोचित एल्बममा मनिष वशिष्ट, उत्तम सञ्जेल, रमेश बिजी, आनन्द अधिकारी, बिनोद बञ्जारा, प्रज्वल शमसेर जबरा, डा.आशबहादुर तामाङ तथा देवेन गिरीले रचना गरेका गीतहरु सुन्न सकिन्छ । यी गीतहरुमा हरि लम्साल, न्ह्यू बज्राचार्य, राजेश थापा, शिखर सन्तोष, राजनराज शिवाकोटी, किरण कँडेल, कल्याण सिंह तथा गायक ढकालले संगीत दिएका छन् । किरण कँडेल, बीबी अनुरागी, फणिन्द्र राई, गोपाल रसाइली, चाँद सिंह तथा उदयराज पौडेलले ती गीतमा संगीत संयोजन गरेका छन् । बिन्दवासिनी म्युजिकको प्रस्तुतीको यो एल्बमलाई टाटा मोटरको जेष्टले प्रायोजन गरेको छ ।
शनिवार आयोजित विशेष सांगीतिक समारोहमा गायक ढकालले करिव एक दर्जन लोकप्रिय गीत–संगीत प्रस्तुत गरे । भ्वाइस द ब्याकअप ब्याण्डको प्रत्यक्ष बाद्यवादनसहितको कार्यक्रममा गायक ढकालले बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस..देखि नारायण गोपालको ‘एउटा मान्छेको मायाले कति’ सम्मका गीत गाएक उपस्थित दर्शक तथा स्रोतालाई मनोरञ्जन गराए ।
समारोहमा एल्बमको ‘म लडेका मात्र हुँ...’ गीतको म्युजिक भिडियो प्रिमियर गरियो । निकेश खड्काद्वारा निर्देशन गरिएको भिडियोमा गायक ढकालले नै अभिनय गरेका छन् ।
प्रिमियर गरिएको भिडियो यस्तो छ :