साप्ताहिक संवाददाता
आधुनिक शैलीका गीत गाउदै आएका गायक तथा संगीतकार कमल किरणले दसैंको अवसर पारेर एउटा पूर्वेली भाकाको गीत तयार पारेका छन् । उक्त गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ ।
दसैंलाई लक्षित गर्दै तयार पारिएका गीतहरुको भिडमा गायक कमल किरणले पृथक शैलीको गीत गाउने प्रयास गरेका हुन् । ‘कोहि भन्छन् अमेरिका...’ शीर्षकको गीतमार्फत गायक कमल किरणले वैदेशिक रोजगारीमा गएका नेपाली युवा चाडपर्वको बेला स्वदेश फर्कन लालायीत हुन्छन् भन्ने सन्देश दिन खोजेका छन् ।
म्युजिक भिडियोसहित सार्वजनिक भएको यो गीतमा डम्बर बराइलीको शब्द तथा गायक कमल किरणकै संगीत सुन्न सकिन्छ । यो गीतका संगीत संयोजक बिपिन आचार्य हुन् । यूगल पोमो लिम्बुद्वारा निर्देशित यो भिडियोमा अमिर, विनीता तथा दिनेशले अभिनय गरेका छन् भने गायक कमल किरण गायककै भूमिकामा प्रस्तुत भएका छन् । भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।
कोहि भन्छन् अमेरिकाको म्युजिक भिडियो :