अमेरिकामा बस्दै आएकी अभिनेत्री अरुणिमा लम्सालले अघिल्लो वर्षको दसैं टिका खल्लो महसुस गरिन् । तर यो पटक भने उनको दसैं उल्लासमय बन्यो । नेपालबाट ड्याडी ममी आएकाले उहाँहरुको हातबाट टिका लगाएर दसैंलाई रमाईलो बनाईन । ‘सपरिवार बसेर टिका ग्रहण गर्दा रमाईलो अनुभूति दिलायो’ उनले भनिन्– उतै नेपालको झझल्को दिने किसिमले यो पाली दसैंको टिका लगाईयो ।’
मिनी कलिउडको उपमा पाएको अमेरिकाको बाल्टीमोर राज्यमा बस्ने कलाकारहरुले कतिले अविभावक त कतिले सामुहिक रुपमा भेटघाट गरेर दसैंलाई रौनकता दिँदै टिका लगाए । सबै एक आपसमा भेला भएर दसैंको टिकामा रमायौं । अभिनेत्री पूजा चन्द देखि सारंगा श्रेष्ठको घरमा भेला भएर कलाकारहरु टिका ग्रहण गर्ने कार्यक्रममा सहभागि भए । अभिनेत्री उषा पौडेलले यसपाली अग्रजहरु संगै टिका लगाईन । अघिल्लो बर्ष भने उनको दसैं स्वदेशमै बितेको थियो । यो पाली घरपरिवारलाई सम्झेर भए पनि यता दसैं रमाईलोसंग नै मनाए’ उनले भनिन, ‘विदेशको पहिलो दसैको टिका भए पनि सबै कलाकारहरुसंग जमघट हुन पाउँदा भने स्वदेशको न्यास्रो हटायो ।’ उनले विदेशमा कामको व्यस्ततालाई मिलाएर दसैं टिकाको कार्यक्रममा सहभागी भएको बताईन् ।
मेरिल्यान्डको बाल्टीमोर राज्यमा अधिकांश नेपालका चर्चित कलाकारहरु बसोबास गदैं आएका छन । ‘नेपालीसंगै धेरै कलाकारहरु यहाँ बस्ने भएकाले चार्डपर्व हाम्रै गाउँघर जस्तै रमाईलो हुन्छ’ लोकगायक प्रेमराजा महतले भने, ‘दसै–ंतिहारको यहाँ हुने रमझमले स्वदेशकै झझल्को दिलाउछ ।’ उनका अनुसार दसैंमा छेलो हान्ने, नाचगान, हाटबजार सबै किसिमको अनुभव बटुल्न पाईन्छ । गायनदेखि सिने क्षेत्रमा लागेका सय भन्दा बढी कलाकार बाल्टीमोर क्षेत्रमा बस्दै आएको उनले बताए । एक दशक भन्दा बढी लामो समय देखि गायक पति संजीव प्रधानसंग बाल्टीमोर बस्दै आएकी पप गायिका सरिष्मा अमात्य पनि प्राय: दशैमा रमाउछिन् । यो लामो अमेरिका बसाईका क्रममा उनको दसैं प्राय यही बितेको छ । केही वर्ष स्वदेश फर्केर पनि दसैं मनाएको अनुभव उनले संगालेकी छिन् ।
मर्यादा फिल्मको निर्देशन गर्दै कलिउड छिरेका निर्देशक श्याम भट्टराईको पनि दसैं अनुभव पहिलो पटक नौलो रह्यो । भर्जिनिया बस्दै आएका उनी दसैंमा अमेरिकन कलाकार संघले आयोजना गरेको दसैं विशेष कार्यक्रममा न्युयोर्कमा जमघट भए । धेरै जसो कलाकारहरु काममा ब्यस्त हुनुपर्छ । कतिपयले व्यवसाय पनि चलाएका छन् । काममा व्यस्त भए पनि हरेक जसो कलाकारले दसैं कसरी मनाउने भन्ने योजना भने महिना दिन अगाडी नै तय गरेका थिए । निर्देशक नारायण पुरी केही महिना यता सपरिवार टेक्सासको अस्टिन आईपुगेका हुन् । व्यवसायमा हात हाल्ने योजना बनाईरहेका उनको बसोबास अब यतै हुनेछ । ‘सपरिवार यतै आएका छौ दसैंको टिका यतै लगाउनेछौ’ उनले भने ।