साप्ताहिक संवाददाता
चितवनमा रहेको कालिका एफएमले कात्तिक ७ गते म्युजिक एवार्ड वितरण गर्ने भएको छ । एफएमको १४ औं वार्षिकोत्सवका अवसरमा प्रदान गरिने १२ औं कालिका एफएम म्युजिक एवार्डको नोमिनेसन यसै साता सार्वजनिक भयो ।
२५ विधामा प्रदान गरिने एवार्ड वितरणका क्रममा वरिष्ठ लोकगायक कुमार बस्नेतलाई लाइफटाइम अचिभमेन्ट एवार्डबाट सम्मानित गरिने बताइएको छ । एवार्डमा चलचित्र ‘वडा नम्बर छ’ को ‘सुर्के थैली खै’ गीत सर्वाधिक छ विधामा मनोनित भएको छ ।
नोमिनेसन अनुसार सर्वोकृष्ट आधुनिक गायन पुरुषतर्फ रामकृष्ण ढकाल, हेमन्त शर्मा, सरोज वली, प्रमोद खरेल तथा दीपक लिम्बू प्रतिस्पर्धामा छन् । त्यस्तै आधुनिक गायन महिलातर्फ जुनु रिजाल, मिलन अमात्य, इन्दिरा जोशी, मेलिना राई तथा रजिना रिमाल नोमिनेसनमा परेका छन् । आधुनिक संगीततर्फ किरण घिमिरे, राजकुमार बगर, दीपक शर्मा, ताराप्रकाश लिम्बू तथा आलोकश्री मनोनीत छन् ।
आधुनिक गीतको शब्दतर्फ आनन्द अधिकारी, मिलन किराँती, इन्द्रजित लावती, दर्पण राई तथा दिलिय पियाबीच प्रतिस्पर्धा हुनेछ । चलचित्र गायनमा पुरुषतर्फ सुगम पोखरेल, युवराज चौंलागार्इं, राजनराज शिवाकोटी, हरकुलस बस्नेत तथा दीपक लिम्बू प्रतिस्पर्धामा छन् । चलचित्रकै महिला गायनमा मेलिना राई, अन्जु पन्त, मिलन अमात्य, जोनिशा पौडेल तथा सोमिया बराइली मनोनयनमा छन् ।
सर्वोकृष्ट पप पुरुष गायनतर्फ कमल खत्री, कमल क्षेत्री, भरत सिटौला, बिपुल क्षेत्री तथा नरेन्द्र लिम्बू मनोनयनमा परेका छन् । महिला पप गायनतर्फ नलिना चित्रकार, सुवानी मोक्तान, दुर्गा खरेल, इन्दिरा जोशी तथा मेलिना राईमध्ये एक जना एवार्डेड हुनेछिन् ।
सर्वोकृष्ट ब्यान्डतर्फ सविन राई एण्ड दि इलेक्ट्रिक्स ब्यान्ड, दि स्याडोज ब्यान्ड, जय नेपाल ब्यान्ड, दि ऐज ब्यान्ड तथा वाणी ब्यान्डबीच प्रतिस्पर्धा छ भने लोकदोहोरी पुरुष गायनतर्फ पशुपति शर्मा, बद्री पंगेनी, शिरीष देवकोटा, रामजी खाँड तथा विरही कार्की मनोनयनमा परेका छन् । महिला लोकदोहोरी गायनतर्फ जुनु रिजाल, संझना लामिछाने मगर, राधिका हमाल, मञ्जु पौडेल तथा कृष्णा गुरुङ मनोनीत छन् ।
सर्वोकृष्ट गजल गायक/गजलकारमा सत्यराज आचार्य, प्रमोद खरेल र शितल कादम्बीनि, शिव परियार र शेरख विकल्प, अजर जंगम र भुपेन्द्र महतो, राज सिग्देल र अशोक दवाडी मनोनयनमा परेका छन् । स्वदेश गायनतर्फ प्रमोख खरेल/इन्द्र चोङबाङ, सुमित खड्का/धु्रवराज पौडेल, रामकृष्ण ढकाल/नवराज खड्का, शिव परियार/घन्सीमाधव घिमिरे तथा स्वरुपराज आचार्य र दिनेश थपलियाबीच एक जनाले बाजी मार्नेछन् ।
उक्त अवसरमा सर्वोकृष्ट स्थानीय लोकदोहोरी कलाकार, सर्वोकृष्ट स्थानीय कलाकार, सर्वोकृष्ट संगीत संयोजन, सर्वोकृष्ट नवप्रवेशी कलाकार, सर्वोकृष्ट गीत, सर्वोकृष्ट युगल गायन विधामा पनि एवार्ड प्रदान गरिनेछ ।