कार्तिक १५, २०७३
५० हजार पाएपछि श्रीमतीलाई राम्रो साडी किनिदिन्छु । चुहिएको छानो पनि छाउँछु । तिहार आउँदैछ । दिदीबहिनीलाई राम्रो पैसा दिन्छु । छोराछोरीलाई नयाँ जुता पनि किन्दिन्छु । पैसा बच्यो भने हिउँदमा गाई बाँध्ने ग्लाली पनि छाउनु पर्ला । यस्तै–यस्तै योजना बनाइरह्यो ।
त्यही बेला उसको प्रिय साथी आइपुग्यो । उसले भन्यो, मित्र, यसपटक तिहारमा खोलिने कुनै पनि चिठ्ठा हामीलाई परेन । लक्की रहेनछौं, यार ।
त्यसपछि ऊ फेरि अरू के–के सोच्न थाल्यो थाहा भएन । फरक के थियो भने चिठ्ठा घोषणा हुनुअघिको उसको अनुहार र चिठ्ठाको नजिता थाहा पाएपछिको अनुहारमा धेरै फरक थियो ।