साप्ताहिक संवाददाता
कुखुराको भालेको भिडन्त विश्वमै लोकप्रिय खेलका रूपमा परिचित छ । यस्तो भाले भिडन्त अधिकांश देशमा हुने गरेको छ । इतिहास हेर्ने हो भने यो खेल सबैभन्दा पुरानो सावित हुन्छ ।
सिन्धु घाटी सभ्यताको युगमा समेत यो खेल खेलिन्थ्यो भन्ने प्रमाण फेला परेका छन् । ६ हजार वर्षभन्दा पुरानो सिन्धु घाटीको सभ्यताको प्रमुख केन्द्र मोहेन्जो दारोमा समेत यो खेल खेलिन्थ्यो भन्ने कुराको ऐतिहासिक प्रमाण उपलब्ध छ । अहिले यस्तो भाले भिडन्त क्युबा, मेक्सिको, पेरु तथा ब्राजिलमा लोकप्रिय छ । यसैगरी दक्षिण पूर्वी एसियाका साथै इन्डोनेसिया, जापान, भारत, इराक, पाकिस्तान तथा फिलिपिन्समा समेत यो खेल लोकप्रिय छ । स्थानीय रूपमा लोकप्रिय भए पनि इंग्ल्यान्ड, वेल्स, ब्रिटिस ओभरसिज, भारत तथा फिलिपिन्समा भने यो खेलमाथि सरकारी प्रतिबन्ध लगाइएको छ । स्पेनको केनरी द्विप तथा एण्डालुसियामा भने यो खेलले कानुनी मान्यता पाएको छ ।