साप्ताहिक संवाददाता
गायक वीरबल ढकालले आफ्नै गाउको सेरोफेरोलाई आधारित बनाएर गीत गाउँछन् । आफू जन्मिएको गाउँघर, हुर्किएको माटोसंग जति आत्मियता हुन्छ त्यो आनन्द अन्त कतै मिल्दैन भन्ने उनको सोचाइ छ ।
गाउँमा छँदै रोधी बस्दै आएका गायक बीरबललाई धेरै गीतहरुले चिनाएको छ । अरुको गीत गाउनुभन्दा पनि आफ्नैपनको गीत मात्रै उनले गाउदै आएका छन् । जन्भमूमि, मायालाई सम्झेर, सात समुन्द्र पारी, तिम्रै घरको बाटो लगायत दर्जनौं गीतमा स्वर दिइसकेका गायक बीरबल ढकालको लय र स्वरमा रहेको गीत बासिसक्यो भाले सार्बजनिक भएको छ । रमेश बिजीको शब्दमा तयार भएको यो गीतमा देवी घर्तीले स्वरमा साथ दिएकी छन् ।
यस गीतको थेगो भने केशर बहादुर अधिकारीको रहेको छ । रेडियो, टेलिभिजन र सामाजिक सञ्जालहरुमा चर्चाको शिखरमा रहेको यो गीतले गाउाको परिवेश झल्काएको छ । मायाप्रेममा परेका जोडीका लागि यो गीतले कौतुहलता पस्केको छ । भाले बासेपछि उज्यालोको संकेत देखिन्छ तर रातभरि मायाकै झल्कोमा हराएको एउटा प्रेमीलाई अझै त्यो रातको महत्व यो गीतले गराएको छ ।
यसको गीतको म्युजिक भिडियोमा हरि र अनिताको अभिनय रहेको यस गीतको म्यूजिक भिडियोलाई भने दुर्गा पौडेलले निर्देशन र छायांकन गरेका छन् । प्रविन रेश्मीमगरले सम्पादन गरेको यो म्यूजिक भिडियोलाई रसुवाको रमणीय दृश्यभित्र कैद गरिएको छ । यस गीतलाई शितल म्यूजिकले बजार प्रबद्र्धन गरेको छ ।
बासिसक्यो भाले गीतको म्युजिक भिडियो